समायोजन खबर काठमाण्डौ,
शुक्रबार देशका धेरै ठाउँमा बिहानदेखि नै पानी परेको छ । केही ठाउँमा मेघगर्जनसहित पानी परेको मौसमविद्ले बताएक छन् । अहिले धेरै ठाउँमा पानी पर्न रोकिएको पनि राति फेरि पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार अब लगातार झरीको सम्भावना भने छैन ।
शनिबार बिहान पनि देशका धेरै क्षेत्रमा पानी पर्ने तर दिउँसोदेखि मौसम खुल्दै जाने पौडेलले बताए । आइतबार भने देशभरकै मौसम सफा भइ घाम लाग्ने अनुमान गरिएको छ । यसैबीच पानी र हिमपात भएसँगै देशभरकै जनजीवन प्रभावित भएको छ । विशेषगरी भूकम्प प्रभावित जिल्लामा अस्थाई टहरामा बसेकालाई थप समस्या भएको छ ।
तर, आलु, काउली, बन्दा, गहुँलगायतको बालीलाई यो वर्षाले राम्रो हुने र उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । डाक्टरले भने चिसोले शरीरको रक्तसञ्चारमा असर पुग्ने भन्दै न्यानो लुगा लगाउन, मनतातो खाना खान, तातो पानी पिउन, खाली खुट्टा नहिँड्न, कानमा हावा पस्न नदिन, बालबालिकालाई तातो ठाउँमा राख्न तर एक्लै भने नछोड्न सुझाव दिएका छन् ।
२०७५ माघ २५ गते साँझ ७ : ५५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology