• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देशका अधिकांश ठाउँमा पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा

देशका अधिकांश ठाउँमा पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा


समायोजन खबर
  • बिहिबार, माघ २४ २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    देशका अधिकांश भागमा आज वर्ष हुने र्मासम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि पानी परिरहको छ । पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात र बर्षासँगै पहिरो जाने खतरा रहेको भन्दै बाढी पूर्वानुमान शाखाले सतर्क रहन सबैलाई आग्रह गरेको छ । बाढी पूर्वानुमान शाखाले सूचना जारी गर्दै उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो बर्षा हुन सक्ने भएकाले हिमपहिरो र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो ।

     

    पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारबाट नेपाल प्रवेश गरेकाले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदलीको भएको जनाइएको छ । आजदेखि शनिबारसम्म देशभर वर्षा र हिमपात हुने मौसमविद्हरुले बताएका छन् । यस्तै, खोटाङमा बिहानैदेखी मौसममा खराबी आएको छ । घाम लागेका छैनन् भने, बिहानैदेखी दिन धुम्मिएको छ । चिसोको मात्रा बढेको अनुभव गरिएको छ । लेकाली भूभागहरुमा हिउँ पर्ने संम्भावना गरिएको छ ।
    २०७५ माघ २४ गते बिहान ९ : २१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology