चिसाङ शेर्पा खोटाङ,
भुटानी महारानी आसी दोर्जी वाङमो वाङचुक त्रिधार्मिकस्थल हलेसी दर्शनपछि स्वदेश फिर्ता भएकी छिन् । भुटानका राजा जिग्मे सिग्मे वाङचुककी जेठी पत्नी वाङचुकले सोमबार र मंगलबार दुइ दिन परिवारका सदस्यसहित किरात, बौद्ध र हिन्दु धर्मको संगमस्थल हलेसी आएर अवलोकन तथा दर्शन गरेकी हुन् ।
महारानी वाङचुकसँगै राजकुमारी सोनम डेक्चन वाङचुक, सोनमका छोरा जिग्जे सिङगे वाङचुक र नग्वाङ जिग्मे जिग्तेन वाङचुक तथा राजपरिवारका अन्य सदस्यले सोमबार साँझ हलेसीमा अवस्थित शिवजीथान, पार्वती थान, बसाहा गुफाको अवलोकन तथा दर्शन गरेका थिए । मंगलबार (आज) विहान मन्दिरमा पूजाआजा सहित मन्दिर परिक्रमा गरेर विहान ९ वजे महारानी वाङचुक स्वदेश फर्कनु भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।

गत शुक्रबार कपिलवस्तुमा अवस्थित बुद्ध जन्मस्थल लुम्बिनी र शनिबार तिलौराकोट अवलोकन गरी हलेसी आउनु भएकी महारानी वाङचुकलाई नगरप्रमुख राईले स्वागत गरेका थिए ।
यो पनि पढ्नुहोस
प्रदेश नम्बर १ का प्रदेश प्रमुख हलेसी आउने
२०७५ माघ १५ गते साँझ ७ : १२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology