चिसाङ शेर्पा खोटाङ,
दिक्तेल–खिदिमा–पञ्चमीबजार रुटमा गाडी भाडा बढी लिने गरेको गुनासो आएको छ । जिल्लामा रहेका विभिन्न यातायात व्यवसायी, स्थानीय प्रशासन र प्रहरीबिच सर्वदलीय सर्वपक्षीय छलफलपछि पुस २० गतेबाट लागू गरिएको नयाँ भाडादरभन्दा बढी रकम लिने गरेको गुनासो आएको हो ।
स्थानीय प्रशासन र आफै (यातायात व्यवसायी)ले किलोमिटरको आधारमा भाडादर घटाए पनि प्रभावकारी नभएको भन्दै केही मात्रामा भाडा घटाएको यातायात व्यवसायीले नै अझै कार्यान्वयन नगरेको पाइएको हो । दिक्तेलस्थित जिल्ला अस्पतालचोकबाट साकेला गाउँपालिकाको खिदिमा र दिप्रुङ चुइचुम्मा गाउँपालिको सप्तेश्वर छितापोखरीको पञ्चमीबजार छुट्ने खोटाङ यातायात प्रालिको बसले अझै पनि पूरानै भाडा लिने गरेको एकजना यात्रुले बताए । अस्पताल चोकमा रहेको काउण्टरले दिक्तेल–पञ्चमीबजार ५००, दिक्तेल–डाँडागाउको गुरुङडाँडा ४२०, दिक्तेल–याम्खा ३५०, दिक्तेल–टेम्मा ३००, दिक्तेल–खिदिमा ५००, दिक्तेल–मात्तिमको बिर्ता स्कुल ३०० र छाङगे खोला २५० रुपैयाँ भाडा अहिले पनि लिने गरेको छ । साना बालबच्चालाई समेत सोही अनुसार भाडा लिने गरेको यात्रुको गुनासो छ ।

दिक्तेलको अस्पताल चोकबाट पञ्चमीबजार छुट्न लागेको बस । तस्विर चिसाङ शेर्पा
ताकि खोटाङ यातायात प्रालिले उक्त रुटमा पर्ने विभिन्न स्थानको भाडादर पुस २० गतेबाट नै घटाइसकेको छ । भाडा घट्ने वितिक्कै लेखेर स्टाफलाई दिएको तर, स्टाफले हराएको कारण भाडा बढी लिनमा गल्ती भएको खोटाङ यातायात प्रालिका उपाध्यक्ष फडिन्द्र राईले बताए । तोकिएको नयाँ भाडादर आज (सोमबार)बाट कार्यान्वयन गराउन त्यस रुटका सबै काउण्टरलाई सुझाव दिन्छु । उनले भने, ‘किलोमिटरको आधारमा भाडा घटाइएकाले कतीपय स्थानमा साविककै भाडा लाग्ने र कतीपय स्थानमा घट्ने छ ।’
हेर्नुहोस पुस २० गतेबाट लागू भएको नयाँ भाडादर

यो पनि पढ्नुहोस
सार्वजनिक सवारी साधनमा प्रति किलोमिटरको आधारमा भाडादर निर्धारण
२०७५ माघ ७ गते अपरान्ह १२ : ३१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology