चिसाङ शेर्पा खोटाङ,
खोटाङमा सार्वजनिक सवारी साधनमा प्रति किलोमिटरको आधारमा भाडादर निर्धारण गरिएकोे छ । जिल्लाको कुनै पनि सडकहरु केन्द्रीय राजमार्गसँग नजोडिएको तथा यातायात व्यवस्था विभागबाट जिल्ला भित्र र वाहिरको भाडादर हालसम्म निर्धारण नभएको हुंदा प्रति किलोमिटर नयाँ भाडादर निर्धारण गरिएको हो ।
सोमबार जिल्लाका यातायात व्यवसायी, प्रशासन, प्रहरी, राजनीतिक दल, सरोकारवला लगायतको सर्वदलीय सर्वपक्षीय वैठकले यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ वमोजिम जिल्लाभित्र तथा जिल्ला वाहिर छुट्ने साथै जिल्ला वाहिरबाट जिल्लाभित्र प्रवेश गर्ने सवै प्रकारका सार्वजनिक सवारी साधनमा किलोमिटरको आधारमा भाडादर निर्धारण गरिएको मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले जानकारी दिए । प्रजिअले पत्रकारहरुलाई दिएको जानकारी अनुसार राजमार्गमा ठूला बसमा प्रतिकिलोमिटर ४ रुपैयाँ, कच्ची सडकमा ५० किलोमिटरसम्मको दुरीमा प्रतिकिलोमिटर ८ रुपैयाँ र ५० किलोमिटरभन्दा बढीको दुरीमा प्रतिकिलोमिटर ६ रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।
यसैगरी, जिप तथा अन्य साना सवारी साधनको हकमा राजमार्गमा प्रतिकिलोमिटर ५ रुपैयाँ, कच्ची सडकमा ५० किलोमिटरसम्मको दुरीमा प्रतिकिलोमिटर १०.५० पैसा र ५० किलोमिटर भन्दा बढीको दुरीमा प्रतिकिलोमिटर ८.५० पैसा निर्धारण गरिएको छ । निर्धारण गरिएको नयाँ भाडादर पुस १५ गतेबाट लागू हुनेछ । सर्वसाधरणबाट ट्राफिक प्रहरीको आचरण र व्यवहारमा समेत गुनासो आएकाले प्रहरी प्रमु्खले छड्के चेकजाँच गर्ने, सवारी चालक तथा सहचालकको आचरण तथा ट्राफिक नियम लगायतका विषयमा चालक तथा सहचालकलाई प्रहरीले प्रशिक्षण दिने, सवारी दर्ता तथा रुट इजाजतको कागजात सवारी साधनमा अनिवार्य रुपमा राख्ने र सात दिन भित्र एकएक प्रति सवारी कागजात स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालमा उपलब्ध गराउनुपर्ने, गाडी छुट्ने र पुग्ने समय तालिका तथा सुचनामुलक विवरण सहितको यात्रु वडापत्र टिकट काउण्टरमा राख्ने तथा टाइमिङ कार्डको अनिवार्य लागू गर्नुपर्ने र यात्रुबाट भाडा लिएपछि लामो तथा छोटो दुरीमा यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने लगायतको बैठकले निर्णय गरेको छ ।
२०७५ पुस १० गते साँझ ७ :१३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology