• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बुइपा सव-स्टेशनमा तीन एमभिए पावर ट्रान्सफर्मर सञ्चालन

बुइपा सव-स्टेशनमा तीन एमभिए पावर ट्रान्सफर्मर सञ्चालन

पाँच वर्षलाइ ढुक्क


चिसाङ शेर्पा
  • सोमबार, पौस ३० २०७५

  • बुइपा सव–स्टेशनमा तीन एमभिए पावर ट्रान्सफर्मर जडान गर्दै प्राविधिकहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको बुइपास्थित सव-स्टेशनमा ३३ केभी प्रशारण लाइनमा तीन एमभिए पावर ट्रान्सफर्मर सञ्चालनमा आएको छ । वर्षौदेखी सव-स्टेशनमा ट्रान्सफर्मर ल्याएर राखिएको भएता पनि पुस २२ गतेखी ठूलो पावरको ट्रान्सफर्मर सञ्चालन आएको हो ।

     

    सव–स्टेशनमा सञ्चालनमा आइरहेको डेढ एमभिए ट्रान्सफर्मरले हिउँदको समयमा लोड धान्नलाई नसक्ने र लोड धान्न नसकेको खण्डमा लोड सेडिङ गराउनु पर्ने बाध्यता भएकाले तीन एमभिएको ट्रान्सफर्मर चार्ज गरेर सञ्चालनमा ल्याइएको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश यादवले बताए । डेढ एमभिएको ट्रान्सफर्मर सञ्चालन हुंदा वर्षातमा समेत कहिले काही लोड नपुगेर लोड सेडिङ गराउनुपर्ने बाध्यता थियो । प्राधिकरण प्रमुख यादवले भने, ‘अब पाँच वर्षका लागि खोटाङमा प्राविधिक त्रृटि बाहेक लोड धान्न नसकेर लोड सेडिङ गराउनु पर्दैन ।’

     

    सव–स्टेशनका लागि ठूलो पावरको ट्रान्सफर्मर केन्द्रले दिए पनि कार्यालय प्रमुखको बेवास्ताका कारण तीन एमभिए पावर ट्रान्सफर्मर त्यतिकै थन्किएर बसेको थियो । हालका प्राधिकरण प्रमुख यादवले ट्रान्सफर्मरका लागि आवश्यक तेल, उपकरण र प्राविधिक झिकाई थन्किएको ट्रान्सफर्मरलाई चालू अवस्थामा ल्याएका हुन् । जिल्लावासीलाई अध्याँरोमा नराख्ने उद्देश्यले प्राधिकरणले विधुतलाई चुस्तदुस्त राख्न ३३ केभी, ११ केभी, एलटि लाइनका बाङगा पूराना पोल फेर्ने, ट्रान्सफर्मरहरु रिचेक गर्ने, डिस पिन फेर्ने लगायतका काम गरिरहेको छ । १२ हजार ३ सय २४ जना खोटाङमा यसका ग्राहक रहेका छन् ।
    यो पनि पढ्नुहोस

    महशुल तिरेपछि स्थानीयले भने, लुतो नै हट्यो

    २०७५ पुस ३० गते राती ८ : २९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology