• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महशुल तिरेपछि स्थानीयले भने, लुतो नै हट्यो

महशुल तिरेपछि स्थानीयले भने, लुतो नै हट्यो


चिसाङ शेर्पा
  • बुधबार, पौस २५ २०७५

  • खोटाङबजारमा महशुल तिदै ग्राहक तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दक्षिणी भेगका स्थानीयका लागि जिन्दगीको सबैभन्दा ठूलो पिडा विजुलीको बिल तिर्न नै थियो । ता कि महिना दिन बालेको विजुलीको ८० रुपैयाँ पैसा तिर्न तीन दिन हिडेर ३/४ हजार खर्चनु पर्ने कहाली लाग्दो बाध्यता थियो ।
    तर, गएको पुस २३ गते भने, त्यस भेगका स्थानीयको अनुहारमा चमकता थियो । एक किसिमको उर्जा थियो । बर्षौदेखी एउटै समस्याबाट हैरान भएका स्थानीय त्यो वेला खुशी भए जुनवेला आफ्नै घरको खाना खाएर घरकै आँगनबाट विजुलीको पैसा तिर्न पाए । छरछिमेक हुल कसेर विधुत महशुल बुझाउन आफ्नै ठाउँमा आउन पाए । त्यस भेगका स्थानीयका लागि कहाली लाग्दो समस्यालाई यस पटक भने, नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जोडदारका साथमा लागेर सुविधा दिएरै छाडे/आफनै घर आँगनबाट विधुतको महशुल तिर्ने वातावरण बनाए ।

     

    यसअघि दक्षिणी भेगका स्थानीयलाई विधुत महशुल तिर्न पैसा, समय र कतीपय अवस्थामा ज्यानको समेत जोखिम मोलेर दिक्तेल आएर महशुल बुझाउनुपर्ने बाध्यता थियो । तर, प्राधिकरणका कर्मठ कर्मचारीले त्यस भेगका स्थानीयको घरघरमा गएर समस्या उठाइ केन्द्रमा फायल पठाई सद्दर गरेर गएको पुस २३ गतेदेखी खोटाङबजारबाट विधुत महशुल तिर्ने वातावरण बनाए । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिननाथ उच्च माविको एक कोठा भवन सहयोग मागेर त्यहीबाट धमाधम महशुल लिन थाले । प्रत्येक महिनाको २३, २४ र २५ गते घुम्ती काउण्टर खोलेर खोटाङबजार, इन्द्रेणीपोखरी, चिप्रिङ, छितापोखरी, बड्कादियाले, लिच्किराम्चे, सिमपानी र वराहपोखरीका २ हजार ३ सय ७१ जना ग्राहकबाट महशुल लिने प्रबन्ध मिलाइएको प्राधिकरणका कर्मचारी बताउछन् । हर महिनाको तीनदिन घुम्ती काउण्टरबाट महशुल जम्मा गछौ अनि बैकमा प्राधिकरणको खातामा पैसा जम्मा गर्छौ कर्मचारीले भने, माथि उल्लेखित स्थानका मात्रै नभइ अन्य स्थानकाले समते त्यही गएर महशुल बुझाउन सक्छन् ।’
    उपभोक्ता भन्छन् ‘मिटर रिडिङमा समस्या छ ।’


    घुम्ती काउण्टरमा महशुल तिर्न आएका अधिकांश ग्राहकले खुशी ब्यक्त गर्दै प्राधिकरणले मिटर रिडिङ प्रत्येक महिनामा घरघरमा पुगेर गरिनुपर्ने माग राखेका छन् । पातलो गाउँ भएको भन्दै घरघरमा मिटर रिडिङ गर्न नजाने कर्मचारीलाई प्राधिकरणले घरघरमा पठाउनुपर्ने लिच्किराम्चेका छत्र बहादुर थापाले बताए । मिटर रिडिङ गर्ने कर्मचारी एउटा घरमा वस्ने र सवै घर बिल काटेर जो कोहीलाई छोडेर हिड्दा आफूहरुले महशुल तिर्नका लागि अर्धकट्टी (बिल) नै नपाउने र प्राधिकरणले जरिवाना लिने गरेको सिमपानी कात्तिकेका पुर्ण कामीले सुनाए ।

    ‘मिटर रिडरमा अब समस्या छैन ।’ प्राधिकरण प्रमुख यादब


    दक्षिणी भेगका खोटाङबजार, इन्द्रेणीपोखरी, चिप्रिङ, छितापोखरी, बड्कादियाले, लिच्किराम्चे, सिमपानी र वराहपोखरीमा भनेको समय र घरघरमा गएर मिटर रिडिङ नभएको बिषय बास्तविकता भएको र अब, त्यस्तो समस्या नदोहोरिने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए । खोटाङबजारमा गाउँपालिका प्रमुख प्रदिप राईसँगै घुम्ती काउण्टर उद्घाटनपछि प्राधिकरण प्रमुख यादवले मिटर रिडिङमा लापारवाही गर्ने कर्मचारीलाई कारवाही गरी अन्य कर्मचारी खटाएको बताए । मिटर रिडिङका बिषयमा ग्राहकको धेरै गुनासो आएको थियो । मैले त्यसलाई अन्य कर्मचारीबाट बुझे त्यो बास्तविक रहेछ । प्रमुख यादवले भने, तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गरी नयाँ कर्मचारी राखेका छौ । अब त्यस्तो समस्या हुन्न । प्रत्येक घरघरमा मिटर रिडर पुग्छ ।’


    २०७५ पुस २५ गते राती ८: ११ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology