चिसाङ शेर्पा खोटाङ,
अन्तर मावि स्तरीय छात्र फुटबल प्रतियोगितामा चार विद्धालयले अग्रता लिएको छ । व्यावसायीक खेलाडी उत्पादनमा जोड र शैक्षिक सुधारमा सहयोग पु¥याउने उद्देश्यले सुरुवात भएको प्रतियोगिताको पहिलो दिन चार विद्धालय अगाडी बढेको हो ।
दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शुक्रबार भएको प्रतियोगितामा चम्पावती मावि बुइपालाई एक गोलले पराजित गर्दै ज्योती मावि जालपा, सावित्रा मावि बाम्राङलाई १ गोलको विरुद्ध ३ गोल गर्दै विद्योदय मावि दोर्पा, हिलसाइड स्याम्पल एकेडेमीलाई शुन्यका विरुद्ध १ गोल गर्दै सरस्वती मावि दिक्तेल र कृष्ण मावि टेम्मलाई शुन्यका विरुद्ध ६ गोल गर्दै कालिका मावि नेर्पाले अग्रता कायम गरेको खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजी सैंजुले जानकारी दिए ।
जितसँगै ज्योती मावि जालपा र विद्योदय मावि दोर्पा प्रि–क्वाटर फाइनल र सरस्वती मावि दिक्तेल र कालिका मावि नेर्पा क्वाटर फाइनलमा प्रवेश गरेको छ । खोटाङ फुटबल एकेडेमीको आयोजना तथा विभिन्न दाताहरुको सहयोगमा भएको प्रतियोगितामा १८ वटा माविले सहभागिता जनाएका छन् । प्रतियोगिताका बिजेताले १५ हजार र उपबिजेताले १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बिजेता र उपबिजेताको पुरस्कार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सहयोग गरेको हो । साथै प्रतियोगिता भरीका उत्कृष्ट ११ जना खेलाडीलाई नभ प्रभात मावि र प्रिमियर कलेज काठमाण्डौले कक्षा ११ र १२ मा पुर्ण निःशुल्क छात्रावृत्ति दिने व्यवस्था रहेको एकेडेमीले जनाएको छ । नभ प्रभातले ६ जना र प्रिमियरले ५ जनालाई १४ लाख बराबरको छात्राबृत्ति दिनेछ । प्रतियोगिताको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका थिए । यसैवचि, भोलीको पहिलो खेल दिक्तेल इंग्लिस बोर्डिङ स्कुल र कालिका मावि खार्मीविच प्रतिस्पर्धा हुनेछ ।
२०७५ पुस २० गते साँझ ७ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology