• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तेह्रथुमको जलजलेमा आगलागी १८ लाखको क्षति

तेह्रथुमको जलजलेमा आगलागी १८ लाखको क्षति


समायोजन खबर
  • सोमबार, पौस ९ २०७५

  • समायोजन खबर तेह्रथुम,
    तेह्रथुमको फेदाप गाउँपालिका–३, जलजलेमा आइतबार बिहान आगलागी हुँदा १८ लाख बढीको धनमाल जलेर नष्ट भएको छ । बिहान करिब ६ बजे साविक जलजले–८ का दिलबहादुर कार्कीको घरमा सोलार प्यानलमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।आगलागीबाट कार्कीको फुसको छानो भएको ३ तले घर, घरमा रहेको किराना पसल, अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आगलागीबाट करिब १८ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको पोक्लाबाङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ब्रह्मदेव यादवले बताउनुभयो ।

     

    प्रहरी चौकी पोक्लावाङको प्रहरी टोली र स्थानीयवासीन्दाको सहयोगमा बिहान पौने ९ बजे आगलागी नियन्त्रणमा लिएको थियो । घटनापछि नेपाल रेडक्रस सोसाइटीले पीडित परिवारलाई एक सेट राहत सामाग्री उपलब्ध गराएको छ । आगलागीपछि कार्कीको ५ जनाको परिवार बिचल्लीमा परेको छ ।
    २०७५ पुस ९ गते बिहान ९ :१९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology