समायोजन खबर भोजपुर,
पौवादुङमा गाउँपालिका ३ च्याङग्रेमा शनिबार राति आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । स्थानीय कुमार श्रेष्ठको घरमा राति ११ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशबकुमार थेवेले जानकारी दिनुभयो ।
कुमार श्रेष्ठ आफैँले जाँड रक्सी खाएर घरमा आगो लगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानपछि श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा लगायतका समाग्री जल्दा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।
२०७५ पुस ९ गते बिहान ९:१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology