समायोजन खबर खोटाङ,
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले दुई अग्नी पिडित परिवारलाई राहत सहयोग गरेको छ । गत आईतबार राती भएको आगलागीबाट बिस्थापित हुँदा बिचल्नीमा परेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका कैलास राई र हर्क राईको परिवारलाई कोषले राहत प्रदान गरेको हो । कोषका प्रतिनिधि टेकेन्द्र राईमार्फत अग्नी पिडितलाई मंगलबार प्रतिपरिवार ५ हजारका दरले राहत रकम प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष सञ्चालक समितिका कोषाध्यक्ष युगसन किरातले बताए ।
आगलागीमा सर्वस्व गुमाएर खुला आकाशमुनि बस्न बाध्य अग्नी पिडितको सहज जीवनयापनका लागि राहत प्रदान गरिएको कोषले जनाएको छ । आगलागी, चट्याङ, वर्षा, हावाहुरी लगायतका प्रकोप पिडितको सहयोगार्थ खोटाङ समाज हङकङको पहलमा २०७४ सालमा स्थापित २० लाखको कोषको व्याजबाट स्थापित कोषले अग्नी पिडितलाई राहत प्रदान गरेको हो । अग्नी पिडितलाई नगरपालिकाले पनि सोमबार खाद्यान्न तथा बन्दोबस्तीका सामान प्रदान गरेको मेयर इवन राईले बताए ।
यो पनि पढ्नुहोस
दुर्छिममा आगलागी, दुई जलेर नष्ट, बीस लाख बराबरको क्षति
२०७५ मंसिर ११ गते राती ८ः ३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology