• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुर्छिममा आगलागी, दुई घर जलेर नष्ट, बीस लाख बराबरको क्षति

दुर्छिममा आगलागी, दुई घर जलेर नष्ट, बीस लाख बराबरको क्षति


समायोजन खबर
  • सोमबार, मंसिर १० २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दुई घर नष्ट भएको छ । गए राती भएको आगलागीमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका कैलास राई र हर्क राईको घर नष्ट भएको हो । आगलागीबाट बीस लाख बराबरको क्षति भएको छ ।

     

    आगालीबाट बिस्थापित परिवारलाई सोमबार सात बोरा चामल, दुई बोरा चिउरी, पाँच केजी दाल, दुईवटा त्रिपाल, दश/दश पोका नुन तेल, आलु, चाउचाउ, चिनी, चिया, भाँडाकुँडा लगायतका राहत सामग्री प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले जानकारी दिए । कैलासको घरबाट सुरु भएको आगोले सँगै रहेको हर्कको घर पनि जलेको हो । नजिकै रहेको अन्य चार घर भने स्थानीयले जोगाएको मेयर इवन राईले बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।
    २०७५ मंसिर १० गते अपरान्ह ३ : ३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology