समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेलमा लागेको भीषण आगलागीबाट पिडित स्थानीयलाई थप आर्थिक सहयोग गरिएको छ । गत कात्तिक २३ गते बिहान ३ बजे भएको भिषण आगलागीबाट बिस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका अग्नी पिडितलाई दिक्तेलबजार सामाजिक गुठीको अगुवाईमा संकलन गरिएको २ लाख ४२ हजार ५ सय राहत पिडितलाई क्षतीको मात्राका आधारमा पिडितलाई प्रदान गरिएको हो ।
सोमबार सामुदायीक सेवा केन्द्रको रत्नपार्कस्थित कार्यालयमा आयोजित कार्यक्रममा पूर्ण क्षती बेहोरेका अग्नी पिडित कृष्णकुमार श्रेष्ठलाई ८० हजार २५ रुपैयाँ, पूर्ण क्षती भएका अम्बीका बुढाथोकीलाई ६५ हजार ४७५ रुपैयाँ, बुढाथोकीको घरमा कपडा पशल र होटल गर्दैआएका रमेश खत्रीलाई ५३ हजार ३५०, पशल क्षती भएकामा कृष्णकुमारकी श्रीमती भावनादेबी श्रेष्ठलाई ४३ हजार ६५० रुपैयाँ प्रदान गरिएको छ । यस्तै, आगो फैलिन नदिनका लागि डोजर लगाएर छाना तथा पर्खाल भत्काउँदा क्षती पुगेका रबिध्वज राई, राजु श्रेष्ठ र नबिन गुरुङलाई प्रतिपरिवार १३ हजारका दरले राहत प्रदान गरिएको छ । बुढाथोकी घरमा डेरा गरी बसिरहेका सोही घरमा डेरा गरी बस्ने शिक्षक अब्दुल राईनलाई ६ हजार ५१ रुपैयाँ प्रदान गरिएको दिक्तेलबजार सामाजिक गुठीका अध्यक्ष राजन शैंजूले बताउनुभयो ।
यसैबीच, दिक्तेलमा भएको आगलागीमा जनधन जोगाउनका लागि महत्वपूर्ण भूमीका निर्वाह गरेकामा रत्नपार्कका व्यवसायी राजु श्रेष्ठ, नेपाली सेनाका पुण्या खत्री, नेपाल प्रहरीका कैलास लिम्बू र बन डिभिजन कार्यालयका अर्जन खत्रीलाई सम्मान गरिएको छ ।
२०७५ मंसिर ३ गते राती ८ : ०६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology