• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अग्नी पीडितलाई २ लाख ९० हजार आर्थिक सहयोग

अग्नी पीडितलाई २ लाख ९० हजार आर्थिक सहयोग


चिसाङ शेर्पा
  • आइतबार, मंसिर २ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    अग्नी पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । खोटाङ जिल्ला ऐंसेलुखर्क समाज काठमाण्डौले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कका अग्नी पीडित मध्ये एक परिवारलाई आर्थिक सहयोग गरेको हो । कार्तिक २३ गते बिहान लागेको आगोले घरसहित सम्पुर्ण जलेर बिचल्लीमा परेका कृष्ण कुमार श्रेष्ठलाई ७९ हजार ५ सय १५ र पीडितका मावलीले २ लाख १० हजार ६ सय ५५ रुपैयाँ नगद सहयोग गरेकोे ऐंसेलुखर्क समाज काठमाण्डौका पुर्वसचिव धर्मेन्द्र प्रकाश राजभण्डारीले जानकारी दिए ।

     

    अग्नी पीडितहरुलाई आईतबार बिहान रत्नपार्कस्थित आगलागी भएको स्थानमा समाजका पुर्वसचिव राजभण्डारी र मावली ईश्वरराज भण्डारीले सहयोग रकम हस्तान्तरण गरेका थिए । ४९ घर परिवार समाबेश समाजले दुई दिनमा संकलन गरेको र २९ घर परिवार  मावलीले संकलन गरी जम्मा २ लाख ९० हजार १७० रुपैयाँ सहयोग रकम अग्नी पीडितहरुलाई वितरण गरिएको थियोे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभाका सदस्य बिशाल भट्टराईले केन्द्रिय सरकारको तर्फबाट सहयोग रकम जुटाउन कोशीष गर्ने बताए ।

     

    आगलागीमा श्रेष्ठको १ करोड २५ लाख, अम्बिका/अस्मिता बुढाथोकीको १ करोड २४ लाख क्षति भएको थियो । उनीहरुकै घरमा कपडा पसल गरेर बसेका रमेश खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो । आगलागीले बिस्थापित अम्बिका÷अस्मिता रत्नपार्कमा डेरा लिएर बस्नु भएको छ । भने, कृष्ण कुमार श्रेष्ठ सोही स्थानमा मावलीको घरमा बसिरहेका छन् ।
    यो पनि पढ्नुहोस
    अग्नी पीडितलाई पुनः बोर्डिङको एक लाख सहयोग
    माथी तस्विरमा : अग्नी पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै अभियान्ताहरु, तस्विर चिसाङ शेर्पा, २०७५ मंसिर २ गते मध्यान्ह १ : १४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology