चिसाङ शेर्पा खोटाङ
अग्नी पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । दिक्तेल इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कका अग्नी पीडित तीन जनालाई आर्थिक सहयोग गरेको हो ।
कार्तिक २३ गते बिहान लागेको आगोले घर सहित सम्पुर्ण जलेर बिचल्लीमा परेका कृष्ण कुमार श्रेष्ठलाई पचास हजार, अम्बिका बुढाथोकीलाई तीस हजार र रमेश कुमार खत्रीलाई बीस हजार नगद सहयोग गरिएको दिक्तेल इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलका लेखापाल आदित्य कार्कीले जानकारी दिए । अग्नी पीडितहरुलाई बुधबार रत्नपार्कस्थित आगलागी भएको स्थानमा दिक्तेल इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षकबर्ग, सञ्चालक समिति, अंशियार प्रतिनिधिहरुले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।
बोर्डिङ स्कुलको तर्फबाट ८३ हजार ६ सय र शिक्षक तथा कर्मचारीहरुको तर्फबाट १६ हजार ४ सय गरी जम्मा एक लाख सहयोग रकम अग्नी पीडितहरुलाई वितरण गरिएको थियोे । आगलागीमा श्रेष्ठको १ करोड २५ लाख, अम्बिका/अस्मिता बुढाथोकीको १ करोड २४ लाख क्षति भएको थियो । उनीहरुकै घरमा कपडा पसल गरेर बसेका रमेश खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।
यो पनी पढ्नुहोस
अग्नी पीडितलाई दिक्तेल बहुमुखी क्याम्पसको सहयोग
माथी फोटोमा :अग्नी पीडितलाई राहत रकम हस्तान्तरण गरिदै, २०७५ कार्तिक २९ गते मध्यान्ह १ : ०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology