• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दमकल ढिला हुनु गल्ती कि अपराध ?

दमकल ढिला हुनु गल्ती कि अपराध ?


चिसाङ शेर्पा
  • बिहिबार, कार्तिक २९ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    कार्तिक २३ गते बिहान तीन तीसमा दिक्तेल बजारको रत्नपार्कमा आगलागी भयो । भाइटिकाको बिहान आगलागी हुंदा सबैमा खैलाबैला मच्चियो, परिवारको कन्तबिजोग भयो । अन्ततः दुई घर खरानीमा परिणत भयो । आगोले सबैको भबिष्यलाई एक हिसाबले पुर्णबिराम लगायो । विधुत सर्ट अथवा सेलरोटी पोलेर राखिएको आगोे (यक्किन नभए पनि) फैलिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कमा स्थानीय कृष्ण कुमार श्रेष्ठ र अम्बिका/अस्मिता बुढाथोकीको घर करीव ४ घण्टामा स्वाहा भयो । बुबाआमा र छोराछोरीको कलिला दिमागमा सजिएको सपना खरानी बन्यो ।

    करीब दुईवर्ष अघि मात्रै सोही स्थानमा हिरालाल पुरीको घरमा विधुत सर्ट भएर लागेको आगोले छिमेकी केशव दाहाल र दानबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीले तर्साएको बजारवासीलाई यसवर्ष त झन् तिहारको मुख्य दिन(भाइटिका)लाई पीडामा परिणत बनायो । ‘घरमा दनदनी आगो बलिरहेको थियो । हामी हेर्न कराउन शिवाय केही गर्न सकेनौ ।’ अग्नी पीडित कृष्ण कुमार श्रेष्ठले भने, “त्यो बेला मेरो ओठमा कलेटी परेको थियो । आवाजहरु लर्बराए, रोदनका हिक्काहरु कती गए, हिड्ने खुट्टा लरखराए ।” कहाली लाग्दो दृश्य सम्झदै उनले मनको रोदन दिल खोलेर पोखे । अर्का पीडित परिवार अम्बिका बुढाथोकीकासँग कुरा गर्न खोज्दा भक्कानिएर मात्रै, उनले एकै शब्द बोले सर्वस्व सकिएको छ । खै के बोल्ने ? बोलेर कसले सहयोग गर्छ ?

    अग्नी पीडित

    कार्तिकको चिसोचिसो मौसममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बजारवासीले हातको सहायताले माटो, पानी (खानेपानीको पाइप काटेर) आगो निभाउने कोशिष गर्दा आगो नियन्त्रण बाहिर गएपछि स्काभेटरले घरै भत्काउन बाध्य भएर आगो नियण्त्रणमा आएको थियो । दमकल भए करीब आधा घण्टामा आगो निभ्ने र ठूलो क्षतिबाट जोगिने बजारबासीहरुको भनाई छ । दिक्तेलबजार सहित सडकको पहुंच पुगेको स्थानमा आगो लागि भएमा अन्तिम विकल्प नै स्काभेटरले घर भत्काउनुपर्ने बाध्यता छ । दमकल मात्रै बेलैमा आइदिएको भए स्काभेटरले घर भत्काउनुपर्ने थिएन । सम्भवतः क्षति पनि कम हुने थियो । नगरपालिकाको दमकल भने, लामो दुरी र बढी उकालोमा कुद्न नसक्ने स्थितीमा छ ।

     

    पटक–पटक सञ्चार माध्यमको ताकेतापछि अर्खौलेबाट बनाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ग्यारेजमा राखिएको दमकलकै लागि भने, ड्राइभर (चालक) र आवाश्यक अपरेटरको व्यवस्था छैन । काम पर्दा नगरपालिकाको गाडी चलाउने ड्राइभरहरुले दुःख सुख दमकल चलाउदै आएको छ । आगोलागी भएको दिन ड्राइभर (चालक) नै थिएन । नगरको साना गाडीहरु चलाउने ड्राइभरहरु बुझिएसम्म तिहार मनाउन बिदामा गइसकेका थिए । ‘आपतविपत कहिले र कहाँ हुन्छ ।’ भन्ने ज्ञान नगरपालिकासँग नभएजस्तो र दमकलजस्तो संबेदनशिल विषयमा हालसम्म पनि ड्राइभर (चालक) र आवाश्यक अपरेटरको व्यवस्था नहुंदाको परिणाममा यस्तै विपतमा बजारबासी पिल्सिरहेका छन् । रुदै हेर्न शिवाय केही गर्ने स्थिती छैन । नगरपालिकासँग जसोतसो दमकल छ तर, ड्राइभर र आवाश्यक अपरेटर चाहिन्छ भन्ने चेतना नै नभएको यो घट्नाले उजागर गरेको छ । जनप्रतिनिधि भएको झण्डै डेढ वर्ष बित्दा समेत यस्तो संबेदनशील विषयमा नगरपालिका ब्याक देख्दा जनप्रतिनिधिको साख बढ्नुको सट्टा दिनानु घटिरहेको छ ।

     

    दमकल किन ढिला भयो ? भन्ने प्रश्नमा नगरप्रमुखले दुइ पटक स्वीकार गर्दै भने ‘अपरेटर टिका लगाउन बाहिर (दोर्पा) गएकाले आउन ढिला भयो ।’ नगरप्रमुखको गैर जिम्मेवारी जवाफले बजारबासी चकित नहोलान् भन्नेमा कसैको दुईमत नहोला । के दमकल, एम्बुलेन्सका चालक अनि प्रहरी, सेनाजस्ता अति संबेदनशील जनशक्तीहरु सबै तिहार मनाउन थाले के होला ? कसो होला ? मानवीयताको नाताले पनि ड्राइभर तिहार मनाउन गएका थिए । नगरप्रमुख भन्छन् ‘आगो लागेको थाहा पाउने बितिक्कै अपरेटर आएर, हाम्रो दमकल बेसक्यामसम्म पुगेको थियो । नगरको जेसिबिका अपरेटर भाइले आगो पुर्णरुपमा नियन्त्रणमा आयो भनेपछि त्यहाँबाट दमकल फर्काउनु भएको हो उहाँहरुले । दमकल बेसक्याम पुग्दा आगो नियन्त्रणमा आएको थियो/थिएन । भविष्यमा त्यसको रहस्य खुल्ला नै ?

     

    दमकलजस्तो विषयमा आवाश्यक चालक अपरेटर त २४ सै घण्टा तयारी हुनुपर्ने हैन ? तर, नगरप्रमुख भन्छन् “दमकल एकदमै अपडेट राख्नुपर्ने स्वीकार्दै, हाम्रोजस्तो न्युन स्रोत साधन भएकाले यो विषय अत्यन्तै कठिनाई रहेछ । त्यही भएर पनि यस विषयमा छलफल चलाई रहेको सुनाए ।” उहाँले भन्नुभयो, ‘मेन्टिनेन्स गरेर संम्भव भएमा प्रहरी कार्यालय माफर्त सञ्चालन गराउने होकी भन्ने हिसाबले छलफल चलाइ रहेका छौ ।’

    अग्नी पीडित

    छलफल गरेर मेन्टिनेन्स गरी दमकल प्रहरी कार्यालय माफर्त सञ्चालन गर्ने कुरा त भविष्यमा देखिएला तर ! दमकलकै आशा गरेर अब भने, बजारबासी बस्ने वातावरण भने देखिन्न । किन की नगरपालिकाले जे भनेपनि दमकलको बिषयमा असफल बनिरहेको छ । करीब दुईवर्ष अघि मात्रै सोही स्थानमा हिरालाल पुरीको घरमा विधुत सर्ट भएर लागको आगो निभाउन गएको दमकलले एकैपटक मात्रै पानीको फोहोरा हानेर पानी भर्न हिड्यो यता, घर जलेर खरानी भयो । केही समय अघि दिक्तेलस्थित जिल्ला अस्पताल नजिक भएको आगो निभाउन हिडेको दमकल अल्छेढुंगामै हिलाम्मे सडकमा अड्किएर त्यहाँ पनि आगोले घर पुर्णरुपमा जलेको थियो । दिक्तेल हाँटडाँडाको कपास उधोगमा आगो लाग्दा त्यहाँ भने सडक अभावले दमकल जाननै सकेको थिएन । जसले जे भने पनी बेलैमा दमकल पु¥याउन नसक्नु ढिला कि अपराध ?

     

    भाइटिकाको दिनमा आगो लाग्दा कृष्ण श्रेष्ठको एक करोड २५ लाख, अम्बिका÷अस्मिता बुढाथोकीको १ करोड २४ लाख, बुढाथोकीको घरमा डेरा गरि बस्ने सावित्रा मावि दिक्तेलका शिक्षक अव्दुल अहिम राईनको अन्दाजी ६२ हजार, उनकै घरमा कपडा पसल गरेर बसेका रमेश खत्रीको ३५ लाख ३० हजार र आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको अन्दाजी ६ लाख क्षति भएको थियो ।
    यो पनि पढ्नुहोस
    ग्नी पीडितलाई बोर्डिङको एक लाख सहयोग
    २०७५ कार्तिक २९ गते अपरान्ह १ : २२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology