चिसाङ शेर्पा खोटाङ,
सामाजिक विकास मन्त्रालय अन्तरगतको शैक्षिक तालिम केन्द्रको भवन अलपत्र बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित आर्मी व्यारेक अगाडी मूनी रहेको तालिम केन्द्रको भवन प्रयोगमा नआउँदा अलपत्र बनेको छ ।

शिक्षकहरुलाई विभिन्न किसिमका तालिमहरु गराउन २०६५ सालमा ३३ लाखमा निर्माण गरिएको भवनमा २०६६ पछि एकपटक तालिम गराएर छोडिएको थियो । तालिम केन्द्रको भवन प्रयोगमा नआउँदा भवनमा मकैको ढोट, पूराना कपडा राखिएको छ । भवनको केही कोठामा जथाभावी शौच गर्ने गरेको छ ।

भवन निर्माणका लागि स्थानीय शिव कुमार थापाले ६ रोपनी १२ आना जग्गा दान गरेका थिए । आफूहरुले निःशुल्क प्रदान गरेको जग्गामा भवन भनेर प्रयोगमा नआउदा जग्गादाता निरास बनेका छन् । ३३ लाखमा भवनमात्रै बनेको र पानी, विजुली, घेराबार, टेलिफोन पुर्वधार नभएकाले कार्यालय सार्न नसकिएको शैक्षिक तालिम केन्द्र दिक्तेलका निमित्त प्रमुख चित्रबहादुर वस्नेतले बताए ।

भवन भाडामा लगाउन, बेचबिखन गर्न तथा कसैलाई हस्तान्तरण गर्न नमिल्ने र टाढामा भवन भएकाले संरक्षण गर्न समस्या भएको निमित्त प्रमुख बस्नेतको भनाई छ । हाल शैक्षिक तालिम केन्द्रको कार्यालय सोही कार्यालयका लागि भनि दिक्तेलस्थित सरस्वती माविको पुरानो भवन माटिकोरेमा बनाईएको महिला होस्टेलमा बसेर कार्यालयगत कामकाज गरिरहेको छ ।

यो पनि पढ्नुहोस
सरकारी भवनमा मकैको ढोटै ढोट, भवन शौच गर्न प्रयोग( सात तस्विर)
२०७५ कार्तिक १९ गते बिहान ७ : ५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology