समायोजन खबर खोटाङ,
काभ्रेको कोशीपारीमा गएराती भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । घटनामा तीनजना गम्भीर घाईते भएका छन् । २९ वर्षका सरोज पहरी र १९ वर्षका सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।
काभ्रेको बिर्ता देउरालीबाट फलाँटेतर्फ जाँदै गरेको ना १ क ९५२४ नम्बरको खाली ट्रक अनियन्त्रित भई सडकबाट करिब एकसय फिट तल खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका तीनजनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२०७५ कार्तिक १८ गते बिहान ९ : १९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology