समायोजन खबर सिन्धुली,
सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाढीमा पिङबाट खसेर एक बालिकाको मृत्यु भएको छ । सोमबार बिहान पिङ खेल्ने क्रममा खसेर ५ बर्षिया बालिका ऋषा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बडादशैंमा पिङ खेल्नु पर्छ भन्ने परम्परा अनुसार हालिएको पिङमा बच्चालाई खेलाउदा पिङ बाट खसेर बालिका नेपालीको मृत्यु भएको सिन्धुलीका प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।
२०७५ कार्तिक ५ साँझ ६ : ०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology