समायोजन खबर खोटाङ,
छिमेकी जिल्ला ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईले सर्वसाधारण र पेट्रोल पम्प सञ्चालकमाथि कुटपिट गरेका छन् । रक्सी पिएर सर्वसाधारणमाथि हातपात गर्दा राई प्रहरी खोरमा पुगेका छन् । रक्सी पिएर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् । शनिबार राति रक्सीले मातेर पेट्रोल पम्पमा पुगेका राईले सञ्चालक र स्थानीयमाथि हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रक्सी पिएर आयल स्टोरमै पुगी डाङडाङ डुङडुङ गरेकाले पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताए । अनुसन्धान गरेर सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइने उहाँको भनाई छ । शर्माले जिम्मेवार व्यक्ति नै झडपमा उत्रिएपछि कानुनी कारबाही गर्नु परेको दावी गरे । स्थानीय तहको चुनाव अघिसम्म राईले यातायात क्षत्रेमा गुण्डागर्दी गर्दै आएको स्थानीयको आरोप छ । वडा अध्यक्षबाटै असुरक्षित हुने अवस्था आएको पीडित पक्षले गुनासो गरेका छन् । घटनापछि प्रहरीले हर्कपुरबाट राईलाई पक्राउ गरेको थियो । उज्यालो
२०७५ कार्तिक ५ साँझ ५ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology