• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिकाको दुई वडामा शाखा रहित बैंकिङ सेवा

हलेसी तुवाचुङ नगरपालिकाको दुई वडामा शाखा रहित बैंकिङ सेवा


चिसाङ शेर्पा
  • सोमबार, असोज २२ २०७५

  • चिसाङ शेर्पा  खोटाङ,
    जिल्लाको च्यास्मिटारमा ३४ औं माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवाको सुचारु भएको छ । बचत गर्ने बानीको विकास गराउने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा बैकिङ सेवाको सुरुवात भएको हो ।

     

    शाखा रहित बैंकिङ सेवाको सोमबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले उद्घाटन गर्नुभएको छ । बैकिङ सेवाबाट स्थानीयहरुले आफ्नै गाउँघरमा बसेर दैनिक दुईलाख बचत, दैनिक एक लाखसम्म नगद निकाल्न, नयाँ खाता खोल्न र आईएमई, प्रभु, सिटी एक्प्रेस, हिमाल रेमिट लगायतका ३० वटा रेमिट्यान्सको कारोवार गर्न सकिने माछापुछ्रे बैंक हलेसी शाखाका शाखा प्रवन्धक खगेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

     

    बैकिङ सेवा सुचारु भएपछि स्थानीयहरुको समय, काम र पैसाको बचत तथा फजुल खर्चमा कमी आउने हलेसी तुवाचुङ नगपालिकाका नगरप्रमुख इवन राईले बताए । आईतबार धितुङपछि च्यास्मिटारमा बैंकिङ सेवा विस्तार गरिएको र नगरको अन्य वडामा क्रमशः बैंकिङ सेवा विस्तार गरिने उहाँको भनाई छ ।

     

    सवै वडामा बैंकिङ सेवा विस्तारपछि निकट समयमा सामाजिक सुरक्षा भत्ता उक्त बैंकहरुबाट उपलब्ध गराउने नगरपालिकाको योजना रहेको उपप्रमुख बिमला राईले बताईन् । हिजो बुईपास्थित पञ्चरदोवाटोमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा सुरुवात गरिएको थियो ।
    यो पनि पढ्नुहोस
    धितुङमा ३३ औं माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा सुरु

    क्याप्सन : शाखा रहित बैंकिङ सेवाको उद्घाटन गर्नुहुदैं नगरप्रमुख इवन राई, तस्विर, समायोजन खबर, २०७५ असोज २२ मध्यान्ह २ :२७मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology