चिसाङ शेर्पा खोटाङ,
खोटाङको धितुङमा ३३ औं माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवाको सुरुवात भएको छ । बचत गर्ने बानीको विकास गराउने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा बैकिङ सेवाको सुरुवात गरिएको हो ।
शाखा रहित बैंकिङ सेवाको आईतबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले उद्घाटन गर्नुभएसँगै स्थानीयहरुले आफ्नै गाउँघरमा बसेर दैनिक दुईलाख बचत, दैनिक एक लाखसम्म नगद निकाल्न, नयाँ खाता खोल्न र आईएमई, प्रभु, सिटी एक्प्रेस, हिमाल रेमिट लगायतका ३० वटा रेमिट्यान्सको कारोवार गर्न सकिने माछापुछ्रे बैंक हलेसी शाखाका शाखा प्रवन्धक खगेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

बैकिङ सेवा सुचारु भएपछि स्थानीयहरुको समय, काम र पैसाको बचत तथा फजुल खर्चमा कमी आउने भएको छ । धितुङपछि नगरको अन्य १० वडामा क्रमशः बैंकिङ सेवा विस्तार गरिने नगरप्रमुख राईले बताएका छन् । सवै वडामा बैंकिङ सेवा विस्तारपछि निकट समयमा सामाजिक सुरक्षा भत्ता उक्त बैंकहरुबाट नै उपलब्ध गराईने लक्ष्य रहेको उहाँको भनाई छ । सोही नगरपालिकाको च्यास्मिटारमा सोमबार ३४ औं शाखा रहित बैंकिङ सेवाको सुरुवात हुने माछापुच्छ्रे बैंक शाखा हलेसीले जनाएको छ ।
यता, आईतबार नै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित पञ्चरदोवाटोमा माछापुच्छ्रे बैंकको ३२ औं शाखा रहित बैंकिङ सेवा सुचारु भएको थियो । बैंकिङ सेवाको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले उद्घाटन गरेका थिए ।
क्याप्सन :३३ औं माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवाको उद्घाटन गर्नुहुंदै नगरप्रमुख इवन राई, तस्विर समायोजन खबर, २०७५ असोज २१ राती ८ : ४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology