समायोजन खबर भोजपुर,
भोजपुरको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकाको घोरेटार बजारबाट ९० हजार बराबरको म्याद गुज्रिएको सामान बरामद भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको नेतृत्वमा भएको अनुगमनका क्रममा १७ वटा किराना पसलबाट ति सामान बरामद भएका हुन् । बिस्कुट, चक्लेट, चिसो पेय पदार्थ लगाएतका सामाज उपोभग मिति सकिएर पनि बेच्न राखेको पाइएको हो ।
अनुगमनका क्रममा ४ वर्ष अगाडि म्याद सकिएको सामान समेत भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै, आमचोक गाउँपालिका वडा नं ४ वालंखामा रहेको किराना पसलको पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा २० वटा पसलबाट १५ हजार बराबरको सामाग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।
२०७५ असोज १४ बिहान ९ : २४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology