सरिता राई भोजपुर,
सिलिचुङ्ग खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिती भोजपुरको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । जिल्ला समन्वय समितीका प्रमुख लक्ष्मण खड्काको प्रमुख आथित्यता तथा भोजपुर नगरपालिका प्रमुख कैलाश आलेको विशिष्ट आथित्यतमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक तथा प्रगती प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
२०५७ सालदेखी सञ्चालनमा रहेको सिलिचुङ्ग खानेपानीले सदरमुकामका १४ सय ५० घरधुरीलाई खानेपानी दिदैं आएको छ । खानेपानीले ७० प्रतिशत नेपाल सरकार २५ प्रतिशत नगर विकास तथा ५ प्रतिशत उपभोक्ताको लगानीमा ६८ करोड बराबरको लागतमा तेस्रो साना सहरी खानेपानी आयोजना समेत सञ्चालन गर्न लागेको छ ।
सिलिचुङ्ग खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिती भोजपुरले दिनमा एकपटक खानेपानी वितरण गर्दै आएको समितीका अध्यक्ष प्रविन सुवालले जानकारी दिनुभयो ।
२०७५ असोज ११ साँझ ५ : २० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology