समायोजन खबर खोटाङ, आर्थिक मामिला तथा योजना मन्त्रालय बजेट तथा कार्यक्रम शाखा विराटनगरले ६ आयोजनालाई वहुवर्षे ठेक्काको स्रोत सहमति दिएको छ।
२८ असोजको मन्त्रीस्तरीयर निर्णयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय विराटनगरलाई पारित भएका ६९ वटा आयोजनामध्ये खोटाङमा ६ आयोजनाका लागि स्रोत सहमति दिएको हो।
आर्थिक वर्ष २०८३/८४ मा दिक्तेल अस्पताल चोकदेखि साप्सुखोला सडक कालोपत्रे आयोजनालाई एक करोड, साप्सुखोला मात्तिम मानेभन्ज्याङ सडक कालोपत्रे योजनाका लागि ८० लाख, फेदी तपस्वीदेखि सुम्दे जोड्ने छामुवा तापखोला दोभान झोलुङगे पुल निर्माणका लागि १५ लाख, फेदी तोमानेदेखि छेम्सुने जोड्ने नोक्ति खोला झोलुङगे पुल निर्माण आयोजनालाई ५ लाख बजेटको स्रोत सहमति आएको छ।
यस्तै, साकेला गाउँपालिकाको गिद्धे दोभान साप्सुखोला सडक पुल निर्माण योजनाका लागि ९० लाख र केपिलासगढी गाउँपालिकाको फेदी तापखोला सडक पुल योजनालाई ९० लाख बजेट श्रोत सहमति आएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालले बताए।
दाहालका अनुसार दुईवटा सडक, दुईवटा पक्की पुल र दुईवटा झोलुङगे पुलका लागि ३७ करोड ७ लाख ५९ रुपैयाँ बराबरको वहुवर्षे योजना जिल्लामा आएको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology