समायोजन खबर खोटाङ, काठमाण्डौदेखी खोटाङ आउँदै गरेको सुमो दुर्घट्नामा मृत्यु हुने तीनैजनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ छिवाकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका बिश्वकर्मा छन्।
मृतक तीनजना महिलालाई दुर्घट्नापछि बिहान ७ बजेर ४५ मिनेटमा सिन्धुली ग्वालटारस्थित गोलान्जोर आधारभूत अस्पताल पु¥याईएकोमा चिकित्सकले बिहान ८ बजे मृत घोषित गरेको थियो।
मृतकमध्ये युपनाको बिहान ९ बजेर ४० मिनेटमा पहिचान भएको थियो। काब्यालाई ठुलोबुवा पन्चशेर राई र काका बालाचन्द्र राईले पहिचान गर्नुभएको थियो। स्वस्तिकालाई बुवा सुरेश बिश्वकर्माले पहिचान गर्नुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताए।
दुर्घट्नामा थप तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। बेपत्ताहरुको गोताखोरले खोजी गरिरहेको छ।
दुर्घट्नामा सुमो चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिश्वकर्मा, यात्रु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई गम्भीर घाइते भएका छन्। सम्झनाको छोरी १२ वर्षीया सिवानी राईको टाउँको र शरीरको विभिन्न भागहरुमा चोट लागेको छ। बालिकाको अवस्था बोल्न सक्ने छ। उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ।
यस्तै, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय बालक अंकित बिकको टाउँको र शरीरको विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था बोल्न सक्ने छ। घाईते अंकित र मृतक स्वस्तिका दिदीभाई हुन्। उनीहरु बुवासँगै दिक्तेलमा बसोबास गर्दै आएका थिए।अंकितको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ।
कार्तिक १ गते राति २ बजेर ३० मिनेटमा सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा को १ ज २९७६ नम्बरको टाटा सुमो सडकबाट अन्दाजी २०० मिटर तल सुनकोशी नदीमा खसेर दुर्घट्ना भएको थियो। दुर्घट्नाको कारण खुल्न सकेको छैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology