Samayojan khabar

Advertisment

SKIP THIS

सुनकोसी सुमो दुर्घट्ना : यी हुन् तीन बेपत्ता

सुनकोसी सुमो दुर्घट्ना : यी हुन् तीन बेपत्ता


समायोजन खबर
  • सोमबार, कार्तिक ३ २०८३

  • समायोजन खबर खोटाङ, काठमाण्डौदेखी खोटाङ आउँदै गरेको सुमो दुर्घट्नामा बेपत्ता हुनेहरुको पहिचान खुलेको छ।

    कार्तिक १ गते राति २ बजेर ३० मिनेटमा सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा को १ ज २९७६ नम्बरको टाटा सुमो सडकबाट अन्दाजी २०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घट्ना हुँदा बेपत्ता बनेका तीनजनाको पहिचान खुलेको हो।

    बेपत्ता हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कोटी, सोही ठाउँका २६ वर्षीय रोशन कुमार मग्राती र लफ्याङकै २२ वर्षीया अप्सरा राई छन्। उनीहरु बेपत्ता बनेको आफन्तले पुष्टि गरेको प्रहरीले जनाएको छ।

    बेपत्ताहरुको सशस्त्र र नेपाल प्रहरीको -याफ्टीङ टोलीले नदीमा खोजी गरिरहेको सिन्धुली प्रहरीले जनाएको छ। सुनकोसी नदी बग्ने अन्य जिल्लाहरुमा पनि खोजी भईरहेको तर हालसम्म केही पत्ता नलागेको सिन्धुली प्रहरीको भनाई छ।

    दुर्घ्टनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ छिवाकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भई दिक्तेल बस्दै आएकी १६ वर्षीया स्वस्तिका बिश्वकर्माको मृत्यु भएको थियो।

    दुर्घट्नामा गम्भीर घाईते भएकामध्ये सुमो चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिश्वकर्माको अन्नपूर्ण अस्पताल काठमाण्डौमा आईसीयुमा उपचार भईरहेको छ। उनको अवस्थामा सामान्य सुधार आएको छ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राईको टिचिङ अस्पताल काठमाण्डौमा आईसीयुमा उपचार भईरहेको भए पनि अवस्था गम्भीर रहेको छ। उनको छोरी १२ वर्षीया सिवानी राईको पनि टिचिङ अस्पताल काठमाण्डौमा जेनेरल वार्डमा उपचार भईरहेको छ। सिवानीको अवस्था सामान्य रहेको छ।

    खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भई दिक्तेल बस्दै आएका १३ वर्षीय बालक अंकित बिक भने उपचार पश्चात डिस्चार्ज भएका छन्। अंकितसँगै यात्रा गरेका दिदी स्वस्तिकाको भने मृत्यु भएको थियो।

    दुर्घट्नामा मृत्यु भएका तीजनाकै जिल्ला अस्पताल दिक्तेलमा पोष्टमार्ट गरी परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख, प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए। स्वस्तिकाको भने आमा काठमाण्डौबाट आउँदै गरेकाले शव बुझ्न बाँकी छ। सुमोमा चालकसहित १० जना सवार रहेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology