समायोजन खबर खोटाङ, काठमाण्डौदेखी खोटाङ आउँदै गरेको सुमो दुर्घट्ना हुँदा तीनजनाको मृत्यु भएको छ।
कार्तिक १ गते राति २ बजेर ३० मिनेटमा सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा को १ ज २९७६ नम्बरको टाटा सुमो सडकबाट अन्दाजी २०० मिटर तल सुनकोशी नदीमा खसेर दुर्घट्ना भएको थियो।
दुर्घट्नामा तीनजना महिलाको शव भेटिएको र चालकका अनुसार तीनजना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृत्यु हुनेको पहिचान खुलेको छैन।
दुर्घट्नामा सुमो चालक ओखलढुंगाका २९ वर्षीय आशिष विष्ट बेहोस रहेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका काठमाण्डौ लैजाने तयारी भईरहेको छ। उनको छोरी १२ वर्षीया सिवानी राईको टाउँको र शरीरको विभिन्न भागहरुमा चोट लागेको छ। बालिकाको अवस्था बोल्न सक्ने छ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १३ वर्षीय बालक अंकित बिकको टाउँको र शरीरको विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था बोल्न सक्ने छ। घाईतेहरुको हाल सिन्धुली अस्पतालमा उपचार भईरहेको छ। दुर्घट्नाका बारेमा थप अनुसन्धान र खोज तथा उद्धार भईरहेको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology