Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा छोरीचेलीलाई निःशुल्क मोटरसाइकल सेवा

खोटाङमा छोरीचेलीलाई निःशुल्क मोटरसाइकल सेवा


समायोजन खबर
  • मंगलबार, कार्तिक ४ २०८३

  • ‘दशै तिहार चेलीलाई उपहार’अभियान अन्तर्गत निःशुल्क मोटरसाइकल सेवा दिन तयारी भएका राइडरहरु।

    समायोजन खबर खोटाङ, खोटाङमा ‘दशै तिहार चेलीलाई उपहार’ अभियान अन्तर्गत निःशुल्क मोटरसाइकल सेवा सुरु भएको छ।

    आफ्नै मोटरसाइकलसहित जिल्लाका युवाहरुको स्वस्फूर्त सहभागितामा विशेषगरी आर्थिक अभाव र आफ्नै सवारी साधन नभएका छोरीचेलीहरुका लागि जिल्लाभित्र ३५ किलोमिटरसम्म निशुल्क मोटरसाइकल सेवा सुरु गरिएको हो।
    अभियानका संयोजक सन्जय कुमार राईका अनुसार दशै तिहारलाई लक्षित गर्दै निःशुल्क सुरु भएको मोटरसाइकल सेवा अन्तर्गत दशैमा कार्तिक ३ गतेदेखी ६ गतेसम्म र तिहारमा कार्तिक २४, २५ र २६ गते सेवा दिईनेछ।

    माइतीघरदेखी घरसम्म र घरदेखी माइतीघरसम्म जानआउने चेलीहरुले यो सुविधा पाउनेछन्। सुविधा लिन रत्नपार्कस्थित सचिवालयमा सम्पर्क गरेर जानेआउने ठाउँ, सम्पर्क नम्बर टिपाउनु पर्नेछ।अभियानका लागि ३७ जनाभन्दा बढी राइडर परिचालित छन्।

    अभियानमा महिला, बालबालिका, बृद्ध अवस्थाकालाई विशेष प्रथामिता दिईने छ। चेलीबेटीलाई उपहार प्रदान गर्नुमा मात्र सीमित नभई उनीहरुप्रति सम्मान व्यक्त गर्नु, पारिवारिक एकता र सामाजिक सदभाव प्रबद्र्धन गर्दै समस्यामा परेकालाई सहयोग गर्ने उद्देश्यले निःशुल्क मोटरसाइकल सेवा सुरु गरिएको संयोजक राईले बताएका छन्।
    अभियानलाई सफल बनाउन र राइडरको मोटरसाइकलमा इन्धन लगाउन सितला मावि खाल्लेका प्रधानाध्यापक मिनप्रसाद दाहाल र जनता आधारभूत विद्यालय नेर्पाका प्रअ झमप्रसाद आचार्यले पाँच/पाँच हजार आर्थिक सहयोग गर्नुभएको छ। अभियान अन्तर्गत गतवर्ष ७५० र त्यो भन्दा अघिल्लो वर्ष ३०० जना छोरीचेलीलाई निःशुल्क मोटरसाइकल सेवा दिईएको थियो। अभियानको चौतर्फी प्रशंसा भईरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology