चिसाङ शेर्पा खोटाङ,
लगातार १७ वर्षसम्म विद्धालय व्यावस्थापन समितिमा रहेर अब्वल काम गर्ने दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी दिहुंका अमृत बहादुर खड्का सम्मानित भएका छन् । गाउँपालिकाभित्र रहेका ४९ वटा विद्धालयको व्यवस्थापन समितिबाट उनी एकजना उत्कृष्ट ठहरिए पछि सम्मानित भएका हुन् ।
गाउँपालिका शिक्षा समितिले छनौट गरेका जनसेवा मावि छितापोखरी दिंहुका विव्यास अध्यक्ष खड्कालाई ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा महेन्द्रोदय मावि डाँडागाँउ ओख्रेमा दिपु्रङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राई र पुर्व शिक्षक तथा समाजसेवी दावा छिरीङ तामाङले शनिवार दोसल्ला ओढाई १५ हजार नगदका साथमा सम्मानपत्र दिएर सम्मान गरिएको स्रोत ब्यक्ति तथा गाउँपालिका स्तरीय शिक्षा संयोजक तुलसी कुमार खड्काले जानकारी दिए ।

अमृत बहादुर खड्कालाई सम्मान गर्नुहुंदै गाउँपालिका प्रमुख भुपेन्द्र राई र पुर्व शिक्षक तथा समाजसेवी दावा छिरीङ तामाङ
साविक छितापोखरी–३ दिहुंमा वसोवास गर्दै आएका उनको जन्म २०१२ पुस २ गते भएको थियो । वर्षदिन नपुग्दै आमा वितेर टुहरो बनेका उनले, सोही विद्धालयमा कक्षा ५ सम्म अध्ययन गर्ने मौका पाए । पढ्न व्यग्र चाहाना भएपनि सानिमाले पढ्न नदिएको नमिठो विगत उनीसँग छ । त्यसवेला अहिले जस्तो व्यवस्थित र पर्याप्त विद्धालय थिएन । उनले भने, ‘सानिमाको बन्धनमा परियो, भागी–भागी महेन्द्रोदय मिडिल स्कुल याम्खामा पढ्न जान्थे । तर, टाढा भयो अनि, सानिमाको डरले पढ्न सकिएन ।’
२०४६ सालदेखी ०४७ सालसम्म जनसेवा माविको पद्येन सदस्य बन्दै ०४८ सालदेखी सोही विद्धालयका विव्यास अध्यक्ष बनिरहेका उनको वैवाहिक जिवन भने फरक अनि पृथक छ । हजुरबा,को साथमा बस्दै आएका टुहुरो नातीलाई ७ वर्षमा हजुरबाले विवाह गराई दिएका थिए । गाउँपालिका भित्रका विद्धालयको विव्यास अध्यक्षमा उत्कृष्ट बनेका उनको ४ छोरा १ छोरी रहेको छ । उमेर हुंदा पढ्न नपाएको नमिठो ईतिहास संम्झदै सम्मानितपछि अरु जिम्मेवारी थप भएको महशुष गरेको छु । सम्मानको उच्च प्रशंसा गर्दै उनले भने “शिक्षा क्षेत्रमै प्राणको आहुती दिने सोचमा छु ।”
स्थानीय सरकार लागू भएपछि गाउँपालिकाले शिक्षा क्षेत्रका लागि भनेर ५ लाख बजेटमा उहाँसँगै दर्जनौ व्यक्तिलाई सम्मान गरेको थियो । उत्कृष्ट विव्यास अध्यक्ष, शिक्षक, शिक्षिका, प्रधानाध्यापक, २०७४ सालको एसईई परिक्षा र गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण विधार्थीहरुलाई सम्मान गरिएको तथा अन्य शिक्षक, शिक्षिका र विधार्थीलाई चुनौती दिईएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । गाउँपालिकामा कक्षा १ देखी १२ कक्षा सञ्चालन भएको ५ वटा, कक्षा १ देखी १० सञ्चालन भएको ८ वटा, कक्षा १ देखी कक्षा ८ सञ्चालन भएको ६ वटा र प्रावि स्तरका तीसवटा प्रावि विद्धालय रहेको छ ।
यो पनि पढ्नुहोस
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा शिक्षा क्षेत्रका दर्जन व्यक्ति सम्मानित
सात वटा नमुना विद्धालयलाई कम्प्युटर
दिप्रुङ ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको गाउँपालिका
क्याप्सन : सम्मानपछि वोल्नुहुंदै अमृत बहादुर खड्का, तस्विर, चिसाङ, २०७५ भदौ २४ गते मध्यान्ह १२ : २३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology