Samayojan khabar

Advertisment

SKIP THIS

सात वटा नमुना विद्धालयलाई कम्प्युटर

सात वटा नमुना विद्धालयलाई कम्प्युटर




चिसाङ शेर्पा खोटाङ,
जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सातवटा नमुना विद्धालयलाई डेक्सटप कम्प्युटर प्रदान गरेकोे छ । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गाउँपालिको सातवटा नमुना माविलाई कम्प्युटर प्रदान गरेका हुन् ।

 

गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन गरेको ५५ लाख रकमबाट खरिद गरिएको कम्प्युटर फोटोकपी मध्येमा ७० थान कम्प्युटर प्रति विद्धालय दश सेटका हिसाबले दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राई र उपप्रमुख सपना राईले एकैसाथ विद्धालयका प्रधानाध्यापकहरुलाई प्रदान गरेका हुन् । सात वडालाई एक/एक सेट कम्प्युटर र फोटोकपी मेशिन एकएक सेट हस्तान्तरण गर्न बाँकी छ ।

कम्प्युटर हस्तान्तरण गर्नुहुंदै गाउँपालिका प्रमुख, उपप्रमुख
गाउँपालिकाको वडा नम्बर दुई डाँडागाउँस्थित ओख्रे महेन्द्रोदय माविको प्राङगणमा शनिवार भएको हस्तान्तरण कार्यक्रममा सोही माविका प्रअ केशव कुमार खड्का, महेन्द्रोदय मावि याम्खाका प्रअ विष्णु वहादुर कार्की, शान्ती मावि छोरम्बुका प्रअ मणि कुमार राई, पञ्चकौशिका आधारभुत विद्धालय वतासेका प्रअ पवन वस्नेत, सरस्वती मावि डाडाँगाउँ सप्तेश्वर छितापोखरीका प्रअ सुमन खड्का, धिप्लुङ मावि सेम्मा छितापोखरीका प्रअ नरेन्द्र राई र कृष्ण मावि टेम्माका प्रअ खेम मगरले कम्प्युटर ग्रहण गरेका छन् ।

 

कम्प्युटर ग्रहणपछी प्रअहरु हर्षित भएका छन् । पूरानै शैलीमा अध्ययन, अध्यापन गराइरहेका शिक्षक तथा विधार्थीहरुलाई प्राप्त कम्प्युटरले अध्ययन, अध्यापन गर्न गराउनमा सहजता हुने विश्वास लिईएको छ । गाउँपालिकाभित्र रहेका सबै विद्धालयलाई आफ्नो कार्यकाल सम्ममा सुधार गर्नमा कुनै कसुर बाँकी नराख्ने गाउँपालिका उपप्रमुख सपना राईले बताईन् । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख भुपेन्द्र राईले हालको अवस्थामा विधार्थी तथा शिक्षकहरु प्राविधिक ज्ञानमा विज्ञ हुनैपर्ने जिकिर गरे । डाक्टरले आफ्नो पेशामा बेवास्ता गरे एकजना विरामीको उपचार हुदैन । तर, गलत शिक्षकको नियुक्ति भएमा लगातार ५० वर्षसम्म विधार्थीको भविष्य विग्रीन सक्छ । उनले भने, ‘शिक्षा क्षेत्रमा कुनैपनि किसिमको सम्झौता गरिन्न । शिक्षा क्षेत्र सदैव नीति र नियममा मात्रै चल्छ ।’

 

गाउँपालिकामा कक्षा १ देखी १२ कक्षा सञ्चालन भएको ५ वटा, कक्षा १ देखी १० सञ्चालन भएको ८ वटा, कक्षा १ देखी कक्षा ८ सञ्चालन भएको ६ वटा र प्रावि स्तरका तीसवटा प्रावि विद्धालय रहेको छ । गाउँपालिकाले शिक्षक दरबन्दी, भौतिक पक्ष, वडामा अब्बल विद्धालय, विधार्थी संख्या लगायतको मापदण्ड अनुसार विद्धालयहरुलाइ नमुना विद्धालयका रुपमा छनौट गरेको थियो ।

यो पनि पढ्नुहोस

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा शिक्षा क्षेत्रका दर्जन व्यक्ति सम्मानित

क्याप्सन :नमुना विद्धालय बनाउन कम्प्युटर प्रदान गर्नुुंहुंदै गाउँपालिका प्रमुख तथा उपप्रमुख, तस्विर चिसाङ शेर्पा, २०७५ भदौ २३ गते साँझ ७ : ४३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology