समायोजन खबर खोटाङ,
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको छ । गाउँपालिकाका ७ वटै वडाका ५ वर्षदेखि १२ वर्ष उमेर समुहका बालबालिका विद्यालय बाहिर नरहेको निश्चित भएपछि शनिवार घोषणा गरिएको हो । पालिकाभित्रका सबै वडालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको वडा घोषणा गरिसकेपछि बालबालिका विद्यालय बाहिर नरहेको गाउँपालिका घोषणा गाउँपालिका प्रमुख भूपेन्द्र राईले गर्नुभएको हो ।
गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको निश्चित गर्नका लागि सो उमेरका बालबच्चालाई विद्यालयमा नपठाए वडाको सेवा सुविधाबाट बञ्चित गराउने नियम बनाएर गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको श्रोतव्यक्ति तथा शिक्षा संयोजक तुलसीकुमार खड्काले जानकारी दिनुभयो । ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको वडा घोषणा गर्नु अघि डाँडागाउँमा १ जना, छोरम्बुमा ११ जना, बतासेमा २६ जना गरी ४४ जना बालबालिका विद्यालय बाहिर भेटिएको थिए ।

महेन्द्रोदय माविमा हाजिरी जवाफ प्रतियोगितामा विधार्थीहरु
खोटाङको जन्तेढुंगा गाउँपालिका ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषित भएको छ । गाउँपालिकाका ६ वटै वडाका ५ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको निश्चित गरेपछि सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको गाउँपालिका घोषणा गरिएको हो ।
वडालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको वडा घोषणा गरिसकेपछि गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको गाउँपालिका घोषणा गरिएको हो । विद्यालय बाहिर रहेका ५ वर्षदेखि ७ वर्ष उमेरका ११ बालबालिकालाई पनि बिद्यालयमा भर्ना गरेपछि गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको श्रोतव्यक्ती नारायणप्रसाद पाण्डेले बताए ।
जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा ५ देखि १२ वर्ष उमेरका ७ जना र जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा ४ जना बालबालिका बिद्यालय बाहिर रहेको भेटिएको थियो । गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको निश्चित गर्नका लागि सो उमेरका बालबच्चालाई बिद्यालयमा नपठाए वडाको सेवा सुविधाबाट बञ्चित गराउने नियम बनाइएको थियो ।
क्याप्सन :५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको गाउँपालिका घोषणा गर्नुहुंदै गाउँपालिका प्रमुख भुपेन्द्र राई, तस्विर, चिसाङ, २०७५ भदौ २३ गते राती ८ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology