सरिता राई भोजपुर,
विप्लपका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भोजपुर अदालतबाट ६० हजार धरौटीमा रिहा भएका छन् ।विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धामाथी जिल्ला न्याधिस हरिषचन्द्र इङ्गनामको एकल इजलासले प्रकाण्लाई ६० हजार धरौटीमा रिहा गरिएको हो ।
बुधबार धरौटीमा रिहा भएका प्रकाण्डलाई हालका मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा गत कात्तिक २८ गते बम विष्फोटमा २५ हजार, षडानन्द नगरपालिका वाड नं.३ भिरथाप्लोमा भएको बम विस्पोटमा २५ हजार र साल्पासिलिछो गाउँपालिका वडा नं. २ सहकारी टोलमा बाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम विष्पोटमा १० हजार ६० हजार धरौटीमा छुटाइएको जिल्ला अदालत भोजपुरका सुचना अधिकारी एवं श्रेष्तेदार मणीराम पोखरेलले जानकारी दिनुभयो ।

उक्त प्रकाण्डको मुद्धामा सरकारको तर्फबाट सरकारी वकिल प्रमोद भटराईले बादी को तर्फबाट बकलत गरेका थिए भने प्रतिवादी प्रकाण्डको पक्षमा वकिल भिषण श्रेष्ठ, जिता मुकाङ्ग र रामकुमार राईले वकालत गरेका थिए । यता जिल्ला प्रहरी कार्यालय भोजपुरले भने धरौटीमा छुटेका प्रकाण्लाई पुन पक्राउ गरी दाङ्ग तर्फ लाने भएको छ । प्रकाण्डलाई मंगलबार विराटनगर हुदै रातको समयमा भोजपुर ल्याइएको हो ।
फोटो : भोजपुर अदालतबाट बाहिरीदै खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तथा सुरक्षाकर्मीहरु, फोटो, सरिता राई, २०७५ भदौ २० गते राती ८ : ४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology