समायोजन खबर खोटाङ
विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका प्रवक्ता खड्गवहादुर विश्वाकर्मा प्रकाण्डलाई भोजपुर जिल्ला अदालतमा बयानका लागि हाजिर गराइएको छ । पूर्व मन्त्री समेत रहनुभएका प्रकाण्डलाई सर्वोच्च अदालतले थुनामुक्त गराउन आदेश दिए लगतै हिजो विराटनगर एयरपोर्ट हुँदै भोजपुर ल्याइएको हो ।
चन्दा अशुली गरेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका बेला भोजपुरमा भएका विभिन्न हिंसात्मक गतिविधिको नेतृत्व गरेको भन्दै जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो । प्रकाण्ड विरुद्ध ज्यान मार्ने उद्योग, हात हतियार तथा विस्फोटक पदार्थ र राज्य विरुद्धको अपराधमा मुद्धा दर्ता भएको छ । आज बिहान साढे ११ बजेबाट प्रकाण्डको वयन सुरुभएको थियो । यस अघि समेत पटक, पटक अदालतले रिहाई गरेपनि प्रहरीले नियन्त्रणमा लिदै विभिन्न जिल्लामा पु-याउदै आएको छ ।
२०७५ भदौ २० गते साँझ ६ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology