चिसाङ शेर्पा खोटाङ,
जिल्लाको रावाबेंसी गाउँपालिका–६ हौंचुरको वडा कार्यालयमा लागेको ताला चार दिनपछि खुलेको छ । वडाध्यक्ष र निर्माण उपभोक्ता समिति अध्यक्ष माथि आर्थिक हिनामिना गरेको भनि लगाइएको आरोप निराधार भएपछि तालाबन्दी खुलेको हो ।
वडा कार्यालयमा गाउँपालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुख, जालपा, खार्पाका असई, कुभिण्डे, खार्पाका वडाध्यक्ष र असन्तुष्ट स्थानियवासीहरुको उपस्थितीमा मंगलबार भएको सर्वदलीय, सर्वपक्षिय छलफलले आर्थिक हिनामिना नभएको निष्कर्ष निकालेको छ । साथै सर्वदलीय, सर्वपक्षीय छलफलले पाँचवटा कार्य गर्ने निर्णय समेत गरेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
छलफलले जुंडी महादेवस्थान समितिले काम सम्पन्न गरेको र पुनः सर्वाजनिक सुनुवाई गर्ने, वडाले सवै योजनाको पुन, सार्वजनिक सुनवाई गर्ने, पुराना योजना तथा नयाँ योजनाहरुको पुन : जानकारी गराउने, सुचनाको हक सबैलाई पु¥याउने र हौंचुरको गिध्देदेखी जालपा पुछार कालो ढाडसम्मको सडक निर्माण उपभोक्ता समितिमा सदस्य थप गर्ने निर्णय समेत गरेको छ । उक्त सडक निर्माणका लागि वडाले ७ लाख ५० हजार बजेट बिनियोजन गरेको छ ।
वडामा सञ्चालन भएको ‘जुंडी महादेवस्थान’ योजनाका लागि गत आर्थिक वर्षमा वडाले ४ लाख ५० हजार बजेट बिनियोजन गरेको रकम हिनामिना भएको भन्दै स्थानियहरुले भदौ ९ गते वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
यो पनि पढ्नुहोस
तालाबन्दी खुलाउन भोली सर्वदलीय छलफल
आर्थिक हिनामिना गरेकामा हौचुर वडामा दुई दिनयता तालाबन्दी
२०७५ भदौ १२ गते साँझ ७ः ५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology