चिसाङ शेर्पा खोटाङ,
जिल्लाको हौंचुर वडा कार्यालयमा लगाइएको तालाबन्दी खुलाउन मंगलबार छलफल गरिने भएको छ । रावाबेसी गाउँपालिका–६ हौंचुरको वडाध्यक्ष र उपभोक्ता समिति अध्यक्षले गएको आर्थिक वर्ष २०७४/०७५ मा एक योजनाका लागि छुट्याइएको बजेटमा किर्ते बिल र्भपाइ पेशगरी आर्थिक अनियमित्ता गरेकोे भन्दै हौचुरबासीहरुले लगाएको तालाबन्दी खुलाउन पहल थालिने भएको हो ।
वडामा सञ्चालन भएको ‘जोडी महादेवस्थान’ महादेवथान योजनाका लागि गत आर्थिक वर्षमा वडाले ४ लाख ५० हजार बजेट बिनियोजन गरेको रकम हिनामिना भएको भन्दै स्थानिय हरी गुरुङ लगायतका टोलीले भदौ ९ गते वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
वडा कार्यालयमा लगाइएको तालाबन्दी खुलाउनका लागि भोलि गाउँपालिकाको टोली, सुरक्षा निकाय, बुद्दिजिवी, सरोकारवालासँग सर्वदलिय छलफल गरेर सत्यतथ्य कुराको छानबिन हुने हैंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिए ।
यो पनि पढ्नुहोस
२०७५ भदौ ११ गते साँझ ५ः ०४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology