तालाबन्दी खुलाउन भोली सर्वदलीय छलफल

चिसाङ शेर्पा खोटाङ,
जिल्लाको हौंचुर वडा कार्यालयमा लगाइएको तालाबन्दी खुलाउन मंगलबार छलफल गरिने भएको छ । रावाबेसी गाउँपालिका–६ हौंचुरको वडाध्यक्ष र उपभोक्ता समिति अध्यक्षले गएको आर्थिक वर्ष २०७४/०७५ मा एक योजनाका लागि छुट्याइएको बजेटमा किर्ते बिल र्भपाइ पेशगरी आर्थिक अनियमित्ता गरेकोे भन्दै हौचुरबासीहरुले लगाएको तालाबन्दी खुलाउन पहल थालिने भएको हो ।
वडामा सञ्चालन भएको ‘जोडी महादेवस्थान’ महादेवथान योजनाका लागि गत आर्थिक वर्षमा वडाले ४ लाख ५० हजार बजेट बिनियोजन गरेको रकम हिनामिना भएको भन्दै स्थानिय हरी गुरुङ लगायतका टोलीले भदौ ९ गते वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
वडा कार्यालयमा लगाइएको तालाबन्दी खुलाउनका लागि भोलि गाउँपालिकाको टोली, सुरक्षा निकाय, बुद्दिजिवी, सरोकारवालासँग सर्वदलिय छलफल गरेर सत्यतथ्य कुराको छानबिन हुने हैंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिए ।
यो पनि पढ्नुहोस
आर्थिक हिनामिना गरेकामा हौचुर वडामा दुई दिनयता तालाबन्दी
२०७५ भदौ ११ गते साँझ ५ः ०४ मा प्रकाशित