चिसाङ शेर्पा खोटाङ,
रावाबेसी गाउँपालिका–६ हौंचुरको वडा कार्यालयले आर्थिक अनियमित्ता गरेकोे भन्दै हौचुरबासीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष र उपभोक्ता समिति अध्यक्षले गएको आर्थिक वर्ष २०७४/०७५ मा छुट्याइएको बजेटबाट किर्ते बिल र्भपाइ पेश गरी काम सम्पन्न गरेकाले तालाबन्दी गरेका हुन् ।
वडामा सञ्चालन भएका योजनामा व्यापक आर्थिक अनियमित्ता भएको चर्को आवाज उठ्दा वडाध्यक्षले छानबिन गर्न कन्जुस्याई गर्नु, सार्वजनिक सुनुवाई नगर्नु र चालू आर्थिक वर्ष २०७५/०७६ मा जानकारी नगरीकन उपभोक्ता समिति गठन गरेको भन्दै भदौ ९ गतेबाट वडा कार्यालयको ३ वटा कोठामा ताल्चा लगाइएको हौचुंरबासीको भेलाले गरेको बैठकको माइनोटमा जनाइएको छ । ति सबै कामको सार्वजनिक सुनुवाई र छानविन नभएसम्म ताल्चा नखोल्ने माइनोटमा भनिएको छ । तीसजना भन्दा वढी हौचुरवासी वडाध्यक्षको कामप्रती असन्तुष्ट बनेका छन् ।

‘जोडी महादेवस्थान’ महादेवथान योजनाका लागि गत आर्थिक वर्षमा वडाले ४ लाख ५० हजार बजेट बिनियोजन गरेकोमा प्राविधिक स्टीमेट अनुसार काम भएको, प्राविधिक मुल्याङकनमा ४ लाख ३८ हजारको काम भएको र बाँकी १२ हजार गाउँपालिकाकै खातामा रहेकाले कुनै विवाद हुनुपर्ने विषय नभएको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए ।
निर्माण उपभोक्ता समिति गठन नीति र नियम अनुसार भएको तर, सारांशमा बल मिच्याइ गर्न खोजिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो यद्यपी, रावाबेशी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले यसअघि हौचुर सहित कुभिण्डे, लामिडाँडा, डुम्रे धारापानी, दुवेकोलले सार्वजनिक सुनुवाई गरेको बताएका थिए ।
क्याप्सन : वडा कार्यालयमा लगाइएको ताल्चा, तस्विर, समायोजन खबर, २०७५ भदौ १० गते साँझ ७ : ०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology