• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

करेन्ट लाग्दा किरातको मृत्यु

करेन्ट लाग्दा किरातको मृत्यु


समायोजन खबर
  • शुक्रबार, साउन १८ २०७५

  • फाइल फोटो

    समायोजन खबर खोटाङ,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरातको करेन्ट लाग्दा मृत्यु भएको छ । पुरानो घरबाट तार टाँगेर अन्यत्र विद्युत लैजान खोज्दा करेन्ट लागेर किरातको शुक्रबार मृत्यु भएको हो । हाल हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानको ऐसेलुखर्कमा बस्दैआएका किरातको घरनजिकैको टहरामा विद्युत लैजानेक्रममा करेन्ट लागेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।

     

    घट्नाको प्रारम्भिक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरिक्षक भुवन खड्काको नेतृत्वमा प्रहरी घट्नास्थल पुगेका छ । स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा माओबादी केन्द्रकातर्फबाट वडाध्यक्षका लड्नुभएका किरातलाई दिउँसो ३ बजेतिर करेन्ट लागेको अनुमान गरिएको स्थानीय देबराज केसीले बताउनुभयो । किरात बालबच्चा धितुङमा राखेर ऐसेलुखर्कमा बस्दै आएका थिए ।
    २०७५ साउन १८ गते साँझ ७ : ३३ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology