सरिता राई वैशाख /१९ भोजपुर,
भोजपुर सदरमुकाममा मोटरसाइकल एकआपसमा ठोकिदाँ दुई चालक गम्भिर घाइते भएका छन् । अहिले साँझ करिब ७ बजे स्थानिय शहिद पार्क नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोकिदाँ दुवै मोटरसाइकल चालक भोजपुर नगरपालिका बोखिमका २२ वर्षिय कुमार घिमिरे र ट्याम्केमयुङ्ग गाउँपालिका छिनामखुका २९ वर्षिय प्रदुप राई गम्भिर घाइते भएका हुन् ।
साँझको समयमा एकअर्कालाई बाटो दिने क्रममा कुमार घिमिरेको स ४ प ४६६१ र प्रदुप राईको को २९ प ४५३३ नंम्बरको बाइक आपसमा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिनुभयो । गम्भिर घाइते दुवैको सिद्धकाली हस्पिटलमा उपचार भइरहेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology