चिसाङ शेर्पा बैशाख/२ खोटाङ,
पोल्याण्ड पठाईदिने भन्दै सिन्धुलीका शरन बहादुर राईले खोटाङका एक ब्यक्तीको रु १ लाख नगद खाएर फरार भएका छन् । काठमाण्डौ वसुन्धारास्थित डेल्टा ईम्ल्पोइमेण्ट सर्भिस मेनपावरको बजार व्यवस्थापकको बहानामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला डाडाँका सागर तामाङसहित सयौ युवालाई ठगेर राई फरार भएका हुन् ।
गत, भदौमा महिनादिन भित्रमा पोल्याण्ड उडाई दिने भन्दै डिपोजिट एकलाख लिएका मेनपावर व्यवसायी भनौदा राईले बर्षदिन पुग्न लाग्दासम्म नउडाएपछि मेनपावरमा सोधपुछ गर्दा आफूसहित धेरै युवाहरु ठगिएको तामाङले काठमाण्डौबाट जानकारी दिए ।
पैसा बुझाउँदा बिल भर्पाइ मागे, महिना दिनमा उडाउँछु मेडिकल गर्नुहोस भनेर त्यतिकै टारे, बिश्वास पनि लागेको थियो । उहाँले भन्नुभयो, “पछि बुझ्दा मेनपावरसँग सम्बन्धित नभएको र फरार राई दुबाई पुगेको पत्ता लाग्यो ।”
फरार ठग अभियुक्त राई फेसबुकको माध्यमवाट दुबाई पुगेको थाहा भएको छ । फेसबुककै माध्यमबमट पैसा फिर्ता माग्दा गाली बेईज्जत गर्ने, तथा अपशब्द प्रयोग गर्ने गरेको पिडितको भनाई छ । मेनपावरको नाम बेच्दै पैसा लिएको कुरा मेनपावरमा राख्दा आफूहरुले उक्त दलालाई नचिन्ने र कुनै सम्बन्ध नभएको भन्दै डेल्टा ईम्ल्पोइमेण्ट सर्भिसले गैर जिम्मेवारीपन देखाएको तामाङले बताए ।
पोल्याण्ड उडाई दिने भनेर सयौ युवाहरुको पैसा खाने दलाल दुबाई भएको भए पनि आफूहरुले केही गर्न नसकिएको व्यवसायीको षडयन्त्रमा परेका पिडितहरुको गुनासो छ । दलाललाई कानुन उपर कारवाही गर्न र आफूहरुको लगानी फिर्ता गरिनुपर्ने सम्बन्धित निकाय समक्ष उनीहरुको माग रहेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology