समायोजन खवर मंसिर /१८ काठमाडौं,
काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये ४ जना गम्भीर भएको प्रहरीले जनाएको छ । बस्फोटमा थापासहित ७ जना सामान्य घाइते भएका छन् भने अन्य ४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको छ ।थापासहित सबै घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
घाइते हुनेहरुमा कांग्रेस नेता थापासहित २७ वर्षीय जयराज लामिछाने, ३५ वर्षीय राजकाजी श्रेष्ठ, ४० वर्षीय ध्रुव खड्का, ४७ वर्षीय पूर्णबहादुर श्रेष्ठ, ३२ वर्षीय रेणु बडुवाल, ४७ वर्षीय श्यामकृष्ण श्रेष्ठ, २३ वर्षीय सुमन खड्का, ४४ वर्षीय रवीन्द्र कार्की, ४७ वर्षीय काशीलाल श्रेष्ठ तथा ५२ वर्षीय परशुराम थापा घाइते भएका छन् । साभार :साझासबाल
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology