समायोजन खवर मंसिर/१८ खोटाङ,
युएईमा नेपाली युवती अष्टमी गुरुङ मृत्यु प्रकरणका आरोपी साइमन काजी पक्राउ परेका छन् । अरेवियन गल्फ क्लिनिङ कम्पनीमा सुपरभाइजर साइमन काजीलाई दुबई प्रहरीले पक्राउ गरेको हो ।
केहि समय अघि मृत्यु भएकी अष्टमीको मोबाइलमा भिडियो भेटिएको थियो । भिडियो अनुसार साइमनले अष्टमीलाई बलात्कार गरेको र आत्महत्या गर्न बाध्य पारेको रेकर्ड भएको थियो । सोहि भिडियोको आधारमा साइमन घटनामा मुछिएका थिए । भिडियो नेपालको एक टेलीभिजनबाट प्रसारण भएपछी अन्तराष्ट्रिय रुपमै यस बिषयले चर्चा पाएको थियो ।
अरेवियन गल्फ क्लिनिङ कम्पनी कम्पनीका नेपालीहरुले दिएको जानकारी अनुसार शनिबार साइमनलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य तीन नेपालीलाई पनि सोधपुछका लागि लगेको र केहि समयपछी छाडेको बताइएको छ ।
नेपालको लागि युएईमा राजदुताबासका कार्यबाहक राजदुत नेत्रबहादुर टण्डलले मृतक अष्टमीले रेकर्ड गराएकी भिडियो अरबियन भाषामा ट्रान्सलेट गरि प्रहरी अनुसन्धान बिभागलाई बुझाइएको जनाएका छन् ।
त्यसो त यही घटना प्रकरणलाई निकै चासोको साथ हेरिरहेको न्युज-24 टेलिभिजनका पत्रकार रवि लामीछाने तथा उनको टिम अहिले युएईमा छन् । पत्रकार लामीछानेले आज बेलुका त्यहाँ स्थित नेपाली राजदुतावासमा आफुलाई भेट्न सक्ने भन्दै आइतवार फेसबुक लाइभ गरेका थिए । साभार :साझासबाल
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology