चिसाङ शेर्पा असोज÷१० खोटाङ,
संघिय समाजवादी फोरम लफ्याङ पाँचले आयोजना गरेको साविक वडा स्तरिय भलिवल तथा खुल्ला एकल नृत्य प्रतियोगिता सोमवार समापन भएको छ । वालविकास आधारभुत विद्धालय वरडाडाँ लफ्याङमा भएको कार्यक्रममा वडा स्तरिय भलिवल, खुल्ला एकल नृत्य, चम्चामा गुच्छा राखी दौडने र हण्डीफोरजस्ता कार्यक्रम भएको थियो ।
भलिवलतर्फ प्रथम तथा द्धितिय साविक ४ नम्बर वडा र साविकका ५ नम्बर वडा तेस्रो भएको थियो । यस्तै, खुल्ला एकल नृत्य प्रतियोगितातर्फ रुपाकोट मझुवागढी नगरपालिका १४ वुईपाका दिपा राई पहिलो, लफ्याङ ५ का सुम्निमा राई दोस्रो र प्रदिपा राई तेस्रो हुनुभएको थियो । विजेताहरुले भलिवलतर्फ क्रमश १० हजार, ७ हजार, ५ हजार, नृत्यतर्फ २ हजार, १५ सय, १ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । चम्चा दौडका विजयी विमला राइ तथा हण्डीफोर खेलका विजयी पञ्चशेर राईले पनि क्रमश एकएक हजार प्राप्त गरेका छन् ।
विजयी खेलाडी र कलाकारहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा संघिय समाजवादी फोरम खोटाङका अध्यक्ष नविन राई, रुपाकोट मझुवागढी नगरपालिका लफ्याङका वडाध्यक्ष निर्मल राईले बधाईसहित पुरस्कार वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी राईले ‘खेलमा खेलाडीहरु एकभए जस्तै, देश निर्माणमा सवै एकजुट हुने हो भने देशले चाडै मुहार फेर्ने बताउनुभयो ।’ कार्यक्रम संघिय समाजवादी फोरम लफ्याङका अध्यक्ष दुर्योधन राईको सभापतित्वमा समापन भएको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology