• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका दुई महिला उपमेयरका कुरा ‘राजनीतिमा पछाडी फर्कनु परेन’

खोटाङका दुई महिला उपमेयरका कुरा ‘राजनीतिमा पछाडी फर्कनु परेन’


समायोजन खबर
  • सोमबार, भाद्र १२ २०७४

  •  

    चिसाङ शेर्पा भदौ÷ १२ खोटाङ

    प्रदेश नम्बर २ बाहेक स्थानीय तहको निर्वाचनपछि देशले नयाँ जनप्रतिनिधी पाएको छ । जनप्रतिनिधीसंगै यतिबेला गाउँगाउँमा सुविधाको अनुभुती र विकासका कामहरु जनताहरुले गर्न थालेका छन् । २० वर्षपछि भएको स्थानीय तहको चुनावमा थुप्रै राजनीतिमा होमिएका थिए । मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य पदका लागि सयौं आकाङक्षी चुनावी मैदानमा उत्रिएका थिए । राजनीतिमा तनमन, धन लगाएर राष्ट्रको सेवा गर्न चुनावी माहोलमा रुमालिएकामध्ये केहीले राजनीतिमा सफलता पाए, केहीले हारको नमिठो अनुभव बटुले ।

     

    प्रदेश नम्बर १ खोटाङमा असार १४ मा भएको स्थानीय तहको निर्वाचनले जनप्रतिनिधी चुनेको २ महिना पुग्न लागेको छ । २ नगरपालिका ८ गाउँपालिका रहेको खोटाङको रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा उपमेयरका आकाङक्षी ९ महिलाहरुमध्ये २ जना महिलाले उपमेयर पद जितेका हुन् । नगरपालिकाको नगरप्रमुख भई कार्यकाल सुरु गरिरहेका राजनीतिका हस्ती महिलाहरु कसरी यहाँसम्म आईपुगे, खोटाङका दुई महिला उपमेयरको राजनीतिक जिवन संघर्षका कथा ।

    विमला राई उपमेयर नेपाली कांग्रेस

    हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर हुन् विमला राई । साविकको गाविस च्यास्मिटारमा बि ः स २०३८ कात्र्तिक ११ गते वुबा दान बहादुर राई माता गंगा कुमारी राईको कोखवाट जन्मनु भएका राईले दुर्छिम मा.वि बाट ०५५ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेकी हुन् । प्रबेशिका परिक्षा उतिर्ण पश्चात त्रिचन्द्र क्याम्पस काठमाडौमा (आर.डि) ग्रामिण बिकास मास्टर डिग्री, हिमालयन पारामेडिकल शिक्षालय ओखलढुङगा ०५७ मा सिएमए उतिर्ण गरेकी हुन । नेपाल ‘ल’ क्याम्पस भृकुटीमण्डपमा कानुन विषयको (एलएलवी) तेश्रो वर्षमा अध्ययनरत उनले ०५४ सालदेखी दुर्छिम मा.वि कक्षा ९ अध्ययन गर्दा १६ वर्षदेखी राजनीति सुरु गरेकी हुन् ।

    विभिन्न विधामा अध्ययन पश्चात ०५८ मा दिक्तmेल बहुमुखी क्याम्पसमा आईएड विषयमा अध्ययनरत राई ०६१ मा दिक्तmेल क्याम्पस ईकाइ समिती कोषाध्यक्ष बनिन् । एक युवती क्याम्पस जिवनमा रहेर ग्रामिण पहुंच कार्यक्रम ¥याप र बिएनएमटी १÷१ वर्ष, नवकिरण सेवा समाज दुर्छिम ३ वर्ष, सगरमाथा तरुणदल जनजागृती मञ्च ४ वर्ष लगायत दर्जनौ गैर सरकारी संस्थामा काम गर्न भ्याएका थिए । गैसस महासंघ जिल्ला शाखा सह–सचिव २ वर्ष, अन्तर पार्टी महिला सञ्जाल संस्थापक जिल्ला अध्यक्ष, एकीकृत विकास मञ्च जिल्ला अध्यक्ष, खोटाङ गैसस महासंघ वरिष्ठ उपाध्यक्षजस्ता पदमा रहेर नेतृत्व सम्हालेका उनी ०६८ सालदेखी जागिर छोडेर रातादिन राजनीतिमा लागेकी हुन् ।

    आफ्नो वुबा नै राजनीतिमा लाग्नुको मुख्य प्रेरणा भएको बताउने उनी वुबा दान बहादुर राई पञ्चायतकालका प्रधानपञ्च रहेकाले आफुलाई राजनीतिमा लाग्न सहज भएको बताईन् । ०६४ सालमा दिक्तmेलमा विवाह गरेका उनलाई जन्म घरमा जस्तै कर्म घरमा राजनीति गर्ने वातावरण मिलेकाले बुवाकै वाटोमा लागेको उनले बताइन् । श्रीमान घर परिवारको सकारात्मक सोचाई, सहयोगले उपमेयर पद जित्न सफल भएकी उनले समाजमा महिला, बुहारी भएर राजनीतिक जित हासिल गर्नु आफैमा चुनौतीपुर्ण भएको सुनाईन ।

    गत असार १४ मा भएको स्थानीय तहको निर्वाचनमा उपमेयर पदका ४ महिला आकाङक्षीलाई उछिन्दै उनी राजनीतिमा अब्बल महिला राजनीतिज्ञ ठहरिएकी हुन् । एमालेका मनिषा राई, माओवादीका कल्पना राई, राप्रपाका सुमित्रा घिमिरे र खरामोका कविता राई हलेसी तुवाचुङ नगरपालिकाका उपमेयरका प्रर्तिस्पर्धी थिए । नेकपा एमालेका मनिषा राईलाई ५ सय ७४ भोटले पछि पार्दै उनले राजनीतिक जित हाँसिल गरेका हुन । उतm नगरपालिकामा राईका लागि ४ हजार ४ सय ९७ भोट खसेको थियो । उपमेयरका अलवा राई नेपाल महिलासंघ खोटाङका जिल्ला सचिव र नेपाली कांग्रेसका महाधिबेशन प्रतिनीधि हुन् ।

    विणादेवी राई उपमेयर नेकपा एमाले

    रुपाकोट मझुवगढी नगरपालिका दिक्तmेलका उपमेयर हुन् विणादेवी राई । २०३९ फागुन २९ मा बुईपा १४ स्थित वुबा टेक बहादुर राई र माता पवित्रा राईका कोखवाट जन्मनु भएका ३५ वर्षिय उपमेयर राईले चम्पावती उच्च मा. वि बुईपाबाट ०५७ सालमा प्रवेशिका परिक्षा उतिर्ण गर्नुभएको हो । प्रवेशिका परिक्षा उतिर्णसंगै दिक्तmेल बहुमुखी क्याम्पसबाट ०६१ मा दशजोड दुई उतिर्ण गरी बाँकी पढाई काठमाडौ आर,आर कलेजमा अध्ययन गरे पनी अहिले अध्ययनको क्रम स्थगीत जस्तै रहेको उनले बताईन् ।

     

    कलाकारीता क्षेत्रमा शौखिन राईले कक्षा ८ अध्ययन गर्दागर्दै कलाकारीता क्षेत्रवाट राजनीति यात्रा सुरु गरेका हुन् उनी सानै उमेरदेखी नाच्ने, गाउने कुरामा पाराङगत थिईन् । कलाकारीता क्षेत्रवाट नै राजनीतिको बाटो बनाएकी उपमेयर राई जनसाँस्कृतीक मञ्च दिक्तmेलका जिल्ला सदस्य, खोटाङ सम्पर्क मञ्च, जिल्ला अञ्चल सगरमाथा सम्पर्क कमिटी सचिवालय सदस्य, किराँत राई यायोख्खा केन्द्रिय सह–कोषाध्यक्षजस्ता पदमा काम गर्नुभएको थियो । ०५६ सालवाट पुर्णरुपमा राजनीति यात्रा सुरु गरेका उहाँले कलाकारीता क्षेत्रका विभिन्न पाटोहरु आफुलाई राजनीति गर्नका लागि प्रेरणा भएको बताईन् ।

     

    स्थानीय तहको निर्वाचनबाट नगरपालिकाका उपमेयरका आकाङक्षीहरु नेपाली कांग्रेसका कान्तादेवी केसी, नेकपा माओवादी केन्द्रका होमकाजी आचार्य (विनोद) र नयाँ शतिm पार्टीका बसन्ती राईलाई पछि पार्दै उनले उपमेयरमा जित हाँसिल गर्नुभएको हो । माओवादी केन्द्रका होमकाजी आचार्यलाई ७ सय ४० मतले पछि पार्दै उपमेयरको पद आफ्नो पोल्टामा पार्न सफल उनी राजनीतिमा अब्बल महिला ठहरिएकी हुन् । राईका लागि नगरपालिकामा ५ हजार ३ सय ६८ मत खसेको थियो ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology