• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मुटु रोगी शोभाले पाइन नयाँ जिवन, प्रवासवाट ९ लाख ६९ हजार ४ सय ५६ सहयोग

मुटु रोगी शोभाले पाइन नयाँ जिवन, प्रवासवाट ९ लाख ६९ हजार ४ सय ५६ सहयोग


समायोजन खबर
  • शनिबार, असार २४ २०७४


  • चिसाङ शेर्पा असार÷२४ खोटाङ्ग

     
    रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ हाँबुका शोभा राईको एकवटा नयाँ मुटुको भल्ब ट्रान्सर्फर गरेपछि नयाँ जिवन सुरु भएको छ । दुईवटा भल्ब अपरेशनको माध्यमवाट सफा गरिएको छ । आजिवन ग्यारेन्टीवाला मुटुको भल्ब परिवर्तन गरे लगत्तै बिरामी शोभाको नयाँ जिबन सुरु भएको हो । सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बाँसबारी काठमाडौंले मुटुको एउटा भल्ब ड्यामेज भई बेकामे भएका, दुईवटा भल्वले पनि काम गर्न छोडेको पुष्टि गरे लगत्तै शोभा ‘आफुले वाँकी जिवनलाई अगाडी बढाउन सक्ने÷नसक्ने भनेर दुबिधामा थिए ’ तर, नेपाल सरकारद्धारा मुटु रोगी आवाश्यक कागजपत्रको माध्यमवाट प्रमाणित भए निःशुल्क अपरेशन गर्ने नितीले उनलाइ थप राहत मिल्यो ।
    सरकारले अपरेशन मात्र गरिदिने मुटुको भल्ब, औषधी लगायतका विभिन्न आवाश्यक सामग्री आफंैले जोह गर्नुपर्ने भएपछि उनलाई फेरी आफ्नो जिबन बचाउँका लागि आर्थिक जोह गर्न शास्ती भयोे । निःशुल्क अपरेशन भएपनि सबै काम सक्नलाई अन्दाजी ३ देखी ४ लाखसम्म लाग्ने भएपछि शोभाका परिवारले आर्थिक स्थिती कमजोर भएको र जीवन बचाउँका लागि सहयोगको अपिल गरेका थिए । तीन वर्षिय एक छोराका आमा शोभाका लागि नयाँ जीवनका निमित्त ९ भन्दा वढी मुलुकमा ‘शोभा राई बचाआंै’ अभियान सञ्चालनमा आएकोे थियो । अभियानले ९ लाख  ६९ हजार ४ सय ५६ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको थियो । उक्त संकलित रकमले नै मुटुको नयाँ भल्व राखेपछि उनले अरुले जस्तै नयाँ जिबन बिताउन भएका हुन् ।
    करीव तीन वर्षयता मासिक १५ हजारका दरले औषधी सेवनका भरमा जीवन धानिरहेका विरामी शोभाका लागि आफन्त तथा शुभचिन्तकहरुले झण्डै तीन महिनामा दश लाखको हाराहारीमा उतm रकम संकलन गरेका हुन् । धर्मराज राईको नेतृत्वमा हङकङवाट २ लाख १६ हजार, दोर्पा दारुला ९ रामकुमार राईद्धारा जापानवाट ब्यतिmगत ५१ हजार ५ सय ४८, दिलकुमार राई कतार १९ हजार, दोर्पा ९ सिमलडाडाँ राजनशेर राई कतार ११ हजार ७ सय १०, दोर्पा ७ निवासी राजकुमार राई मलेशिया १० हजार, मलेशियावाट राजकुमार मगरको सकृयतामा ४६ हजार ९ सय ३३ रुपैयाँ सहयोग प्राप्त भएको थियोे ।
    रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलाका तारा नाछिरिङ राई, रविन राई, मन्दत राईका पहलमा साउदी अरववाट १ लाख, कुमार राईको नेतृत्वमा २९ हजार, नुनथला २ धौलाङ्गका गोपाल राईको पहलमा युकेदेखी १ लाख ४० हजार ६ सय ५२, सिंगापुरवाट नुनथला ४ पुईलुङका धर्मेन्द्र राईका सकृयतामा ९७ हजार २० रुपैयाँ आर्थिक सहयोग मिलेको थियो ।
    यस्तै, नारायण देउजा, राम सुन्दर राई र सन्जिव थापाको सकृयतामा कोरियादेखी १ लाख ६ हजार ६ सय ६४, कुवेतवाट तेजेन्द्र राई र भीम राईको पहलमा ८२ हजार ९ सय २९ गरी झण्डै दश लाख शोभाका लागि आर्थिक सहयोग संकलन भएको थियो ।
    दोर्पा चिउरीडाडाँ ९ घर भई नुनथला ३ हाँबुमा विवाहगरी हाल झापाको धुलावारीमा बसोवास गरीरहेकी शोभाका लागि मासिक १५ हजारको हाराहारीमा औषधी खरीद गर्नुपर्ने र पारिवारीक स्थितीले धान्न नसक्ने स्थिती भएपछि उनका श्रीमान ६ महिना यता रोजगारीका शिलसिलामा साउदी अरबमा रहेका छन् । आफ्नो जीवन संगिनीसहित एक नाबालक छोराको समेत संकलित रकमले भविष्य सुनिश्चित गर्न टेवा पुग्ने बताउँदै सहयोगीदाताहरु भगावनको रुप भएको शोभाका श्रीमान दिप्रन्द्र राईले साउदीवाट सुनाए । ‘आफ्नो विरामी श्रीमतीलाई औषधीसम्म किन्न पैसा नहुँदा प्रवासवाट कल्पना गरेभन्दा ठूलो सहयोग पाउँदा हर्षविभोर भएको छु, यो तपाईहरुकै देन हो’।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology