• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नुनथलामा चार शेर्पा प्रतिनिधी,चारैै पार्टी,भतिजले हराए काका, बुहारी

नुनथलामा चार शेर्पा प्रतिनिधी,चारैै पार्टी,भतिजले हराए काका, बुहारी


समायोजन खबर
  • शनिबार, असार २४ २०७४


  • चिसाङ शेर्पा असार÷२४ खोटाङ
    स्थानीय निर्वाचन तहको दोस्रो चरण चुनावमा रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलावाट ४ राजनीतिक पार्टीका चार शेर्पा प्रतिनिधीहरु चुनावी मैदानमा उत्रिएका थिए । २० वर्षपछि भएको स्थानीय चुनावमा नुनथलावाट नेकपा माओवादी केन्द्रले १ हजार ४२३ मतसहित प्यानलै जित हाँसिल गर्दा सोही पार्टीका खुल्ला सदस्य उमेद्वार ढकराज शेर्पाले चार शेर्पा प्रतिनिधी मध्ये २ सय ९० मतले विजयी हाँसिल गरेका हुन् ।
    चार पार्टीका फरक–फरक चुनावी एजेण्डाहरु जनतासामु लिएर नेपाली कांग्रेसका खुल्ला सदस्य उमेदवार अमृत शेर्पा, नेकपा एमालेवाट महिला सदस्य उमेदवार साङडोमा शेर्पा र राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्ष उमेद्वार फुर्वा दोर्जे शेर्पा चुनावी प्रतिस्पर्धामा थिए । नेपाली काग्रेसका अमृत शेर्पा माओवादी केन्द्रका विजेता ढकराजका काका हुन्, नेकपा एमालेका साङडोमा शेर्पा बुहारी हुन् । नगरपालिकामा ईतिहासमै पहिलोपटक शेर्पा समुदायले राजनीतिमा जित हासिल गरेका हुन् । उतm समुदायले सहभागीता जनाए पनि जित पहिलो रेर्कड हो ।
    स्थानीय निर्वाचनमा नेपाली काग्रेसका अमृत शेर्पाले १ सय २४, नेकपा एमालेका साङडोमा शेर्पा १ सय ३५ र राप्रपा पार्टीका वडाध्यक्षका उमेद्वार फुर्वा दोर्जे शेर्पाले ३ मत ल्याएका थिए । रुपाकोट मझुवागढी नगरपालिका नुनथलामा चार राजनीतिक दलमध्ये नेकपा माओवादी केन्द्रले तीन दललाई झिनो मतान्तरले पराजित गरेका हुन् । नेपाली कांग्रेसका अध्यक्ष जगविर तामाङ  १ सय ८०, नेकपा एमालेका दिनेस साम्पाङ १ सय ५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका फुर्वा दोर्जे शेर्पाका ३ मत प्राप्त भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology