कविकिरण न्यौपाने

पत्रकारिता पेशा संसारकै सम्वेदनशील अनि जिम्मेवार पेशा हो। त्यसैले पनि यसलाई राज्यको चौथो अंग भनिएको हो।राज्य सञ्चालनका तीनअंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका भन्दा अलगै रही सवैको खबरदारी पत्रकारिताकै माध्यमवाट हुने गर्छ ।यो आम जनमानसको विश्वासको धरहर हो। यो विश्वारलाई वचाई राख्नु अहिलेको आवश्यकता बनेको छ ।
केही समययता यस पेशामा विश्वासको कमि महशुस हुदै गईरहेको छ।त्यस्को कारण हो राजनीनिक परिबेशका मानिसहरु प्रत्येक्ष रुपमा पकारितामा लाग्न नु । हुन त हाम्रो छाता संगठन पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई नेपाली काग्रेसका सभापति हुदै प्रधानमन्त्रीसमेत हुनुभयो ।त्यसकै प्रभावले पनि हुनसक्छ पत्रकारितामा राजनिती प्रवेश भएको I पत्रकारहरु राजनीतिमा लाग्नु हुदैन भन्नेहरु को ठूलैजमात भएपनि पत्रकारहरु राजनीतिबाट अछुतो भने अहिलेसम्म पनि रहन सकेका छैनन् ।सबै जसो राजनीतिक पार्टीहरूका भातृसंगठन जस्तै निकटका पत्रकारका नामवाट खोलिएका संस्थाहरुबाट पनि यो झनै प्रष्ट हुन्छ । २०४८ जेठ १३ गते नेपाली कांग्रेससंग नजिक रहेका पत्रकारहले प्रेस युनियनको स्थापना गरे । त्यस्तै वामपन्थी विचारधारा खासगरी नेकपा एमालेसंग नजिक रहेका पत्रकारहकले २०५६ माघ २२ मा प्रेस चौतारी गठन गरे। पछिल्लो समयमा तत्कालीन नेकपा माओवादी संम्बद्ध पत्रकारहरुले २०६१ माघ २१ मा क्रान्तिकारी पत्रकार संघ गठन गर्यो ।जसले २०७३ जेठ १९ देखी प्रेस सेन्टर नेपालको नामवाट आफनो गतिवधी संचालन गरिरहेको छ ।
त्यस वाहेक अस्तित्वमा रहेका प्राय राजनीतिक पार्टीहरूको नजिकका पत्रकारहरुका संगठन रहेका छन् ।जस्का कारण पत्रकारहरुको छाता संगठन पत्रकार महासंघमा राजनीतिक प्रभावका कारण अस्वथ्य प्रतिस्प्रधा हुने अवस्था आएको छ । मूलुकमा लामो समय देखी स्थानिय निर्वाचन नहुनु साथै ८ वर्षपछी विधार्थीहरूको स्ववियुको चुनाव हुनुले पनि राजनीतिक दलहरुले आफ़्ना कार्यकर्ताहरुलाई खासै भूमिका दिन नसक्दा उनिहरुको प्रभाव पत्रकारितामा झनै परेको हो । स्थानिय निर्वाचन पछी यो समस्यामा केही कमी आउने देखिन्छ ।२०१२ चैत्र १६ मा स्थापना भई लामो इतिहास बोकेको पत्रकार महासंघमा राजनीतिक प्रभावका कारण विवादमा फसेको सर्वविधीतै छ ।
पत्रकार महासंघको केन्द्र अनि शाखाहरुमा राजनीतिक गर्दा नयँ।सदस्यता र नविकरणमा विवाद आएपछि कयौं दिन महासंघका कार्यलयहरुमा पत्रकारवाटै तालावन्दी गरिए ।जुन लज्जाजनक र दुर्भाग्यपूर्ण छ ।फलानोले तालावन्दी गर्यो, राजनीतिकरण भयो भनि समाचार लेख्ने पत्रकारहरु आफै तालावन्दीमा उत्रनु अनि आफै समाचार बन्नु पक्कै पनि राम्रो कुरा होईन ।यस्तै अवस्था रहेमा तपाई कुन पार्टीको पत्रकार भनेर समाजमा सोध्ने दिन पनि नआउला भन्न सकिन्न । यस वारेमा समयमा नै सबै संचारकर्मीएवं पत्रकारहरुको ध्यान जान जरुरी छ ।
लेखक पत्रकार हुनुहुन्छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology