• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रमाईलोको बहानामा जुवाजन्य गतीविधी फस्टाउँदै, प्रशासन मौन ।

रमाईलोको बहानामा जुवाजन्य गतीविधी फस्टाउँदै, प्रशासन मौन ।


समायोजन खबर
  • मंगलबार, बैशाख १९ २०७४


  • चिसाङ शेर्पा
    काठमाडौ । खोटाङमा लगाईएको रमाईलो मिनी मेलामा जुवाजन्य खेल खेलाएर लाखौं रकम असुली गर्दासमेत स्थानीय प्रशासन वेखबर बनेको स्थानीयवासीले गुनासो गरेका छन् । खोटाङ फुटवल एकेडमी, दिक्तेलबजार समाजीक गुठी र घुमन्ते व्यवसायीहरुको संयूक्त आयोजनामा गत बैशाख १५ गतेबाट सुरु गरिएको मेलामा जुवाजन्य खेल तथा जुवाजन्य खेलका विकशित खेलहरु तीर, लक्की सेभेन र घिर्नीलगायतका खेलहरु सञ्चालन गरि व्यापक रकम असुली भईरहेको जनाईएको छ । उक्त मेलामा मध्य रातको समयमा जुवाजन्य खेल खेलाउँने गरेको एक स्रोतले जनाएको छ ।

    मेलाको प्रवेशद्धारमा प्रवेश शुल्क एक सय राखिएकोे छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलस्थित माटीकोरे खेल मैदानमा आयोजना गरिएको मेलामा कुनैपनि व्यवसायीक स्टलहरु नराखिएको तथा निश्चित समय नभई जतिवेला पनि सञ्चालन गरिएको स्थानीयवासीको भनाई छ ।
    दुई–तीन वटाभन्दा बढी मनोरञ्जनका सामाग्री नभएको मेलामा जुवाजन्य खेल खेलाएको भन्दै जिल्लाका व्यवसायीहरुले पटक–पटक नखेलाउँन सम्बन्धित निकायलाई अनुरोध गर्दासमेत बेवास्था गरेको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । उनले भने, “मेला राख्न जिल्लाका राजनीतिक दल, नागरिक समाज तथा रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल र अन्य संघसस्थासंग समन्वय नगरि मेला राखिएको रहेछ, यसले शान्ति शुरक्षालाई खलल पु¥याउँनुका साथै जिल्लाको आर्थिक उपलव्धीमा हा्रस आउँने तथा लाखौं रकम आयोजकले असुल्दा जिल्लाको आर्थिक अवस्था गिर्ने देखिएको छ ।” मेलाले सामाजीक अपराध र अपराधिक क्रियाकलाप बढ्ने तथा मेलाको समय नतोकिदा रातभरी स्थानीय शान्ति सुरक्षामा खलल पुगेको लयालुले जनाए ।
    त्यसोत, मिनी मेला राख्न दिक्तेल नगरपालिकाको कार्यालयसंग समन्वय गर्नुपर्ने भएपनि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रल्लाद पोखरेलले नगरपालिकालाई हस्तक्षेप गरि मेला राख्न अनुमति दिएकोसमेत गुनासो आएको छ ।
    प्रमुख जिल्ला अधिकारी प्रल्लाद पोखरेलका अनुसार मेलामा जुवाजन्य खेल नखेलाउँन आफुले भनेको र खेलाएको भए रोक्न लगाउँने बताए ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नयाव उपरिक्षक नविनकिशोर प्रधानका अनुसार जुवाजन्य खेल खेलाएको भन्दै आफुकहाँ उजुरी आएपछि मात्र कारवाही प्रकृया अगाडी बढाईने बताए ।
    यद्यपि, प्रहरी नायव उपरिक्षक प्रधानले मेलामा डिउटीका लागि प्रहरी पठाएपनि प्रहरीकै  अगाडी जुवाजन्य खेल खेलाईएको र प्रहरी मुखदर्शक बनेको समेत एक स्रोतले जनाएको छ । यद्यपि उपरिक्षक प्रधानले भने मेलामा जुवाजन्य खेल खेलाएको भन्दै पीडितहरुबाट उजुरी आउनुपर्ने बताउँदै आएका छन् । मेला आयोजकका ठेकदार राजीप शाहले भने मेलामा जुवाजन्य खेल नखेलाएको जनाएका छन् । मेला जेष्ठ १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology