• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ग्याल्पो ल्होसारकेा बास्तविकता र बुझ्नै पर्ने केही कुराहरू

ग्याल्पो ल्होसारकेा बास्तविकता र बुझ्नै पर्ने केही कुराहरू


समायोजन खबर
  • शनिबार, माघ २२ २०७३

  •    साङगे मिङमा शेर्पा

    हिमालयन महायानी बौद्ध पात्रो अनुसार ग्याल्पो ल्होसार बाह्रौ महिना ग्याल दावा सकेर पहिलो महिना छ्यु दावाको पहिलो दिनमा पर्दछ। ग्याल्पोको शाब्दिक अर्थ राजा /जित्नु या ग्याल्वा भनेको जीत भन्ने बुझिन्छ बौद्ध पात्रोको पहिलो महिनाको पहिलो दिनमा ग्याल्पो ल्होसार पर्ने हुदा उक्त दिन बाट नया ल्हो वर्ग र सम्बत फेर्ने प्रक्रिया सुरु हुन्छ यसर्थ यस दिनमा पात्रो अनुसार नया वर्ग र सम्बत फेरिने हुदा यसलाई ल्होसार अर्थात नया बर्ष भनिन्छ। ।जासम्म कि यहि दिनमा मात्र ल्ह,वर्ग परिवर्तन हुन्छ ।

    ग्याल्पो ल्होसारको नामाकरण र इतिहास

    बौद्ध धर्म भित्रको त्रियानहरु – हिनयान महायान र बज्रयान मध्ये महायानलाई बोधिसत्व यान पनि भनिन्छ . महायानी बौद्ध धर्ममा बुद्धत्व प्राप्तिको लागि बोधिसत्वको पथलाई अनुशरण गर्नुपर्दछ।

    महायानी बौद्ध धर्ममा अष्ट बोधिसत्वहरुको बिशेष प्रकारको स्थान र आ-आफनै गुणरहेको हुन्छ।

    बोधिसत्व अवलोकितेश्वर – महाकरुण

    बोधिसत्व अवलोकितेश्वर – महाकरुण

    बोधिसत्व बज्रपानी- शक्ति सामर्थ्य

    बोधिसत्व मन्जुश्री -प्रज्ञा

    बोधिसत्व सर्वानिवारणविष्कम्बी – क्लेश आवरण निवारण गर्ने

    बोधिसत्व मैत्रिय – मैत्री

    बोधिसत्व भुमिगर्भा – सम्वृद्धि र जमिनको उर्वरता वृद्धि गर्ने।

    बोधिसत्व आकाश  गर्भ-पाप निवारण

    बोधिसत्व समन्तभद्र- प्रणिधन र पुजा अर्पणमा कुशलता,

    धर्म शास्त्रमा उल्लेख भए अनुसार हिमवत खण्डमा जुन समयमा मानिसहरु सामाजिक संरचनाहरु निर्माण गरि मानव सभ्यतामा प्रवेश गरि नसकेको र आफुहरुलाई ब्यवस्थित गर्न र भरपर्ने नाथ उच्च व्यक्तिकोहि नभएको अवस्थामा एउटा असाधारण लक्षण भएको बोधिसत्व डिब्पानाम्सेलको निर्मणकायको आगमन भयो ।उक्त अलौकिक किसिमको व्यक्तिलाइ देखेर को हेा ,कहाबाट आएको भनि प्रश्न गर्दा औला आकाशतिर मात्र देखाइरहदा देवलोकबाट आएको देवता रहेछ भन्ने ठानी काधमा आसन बनाएर राजा बनायो र उसको नाम ङय्ठी चेन्पो भनि नामाकरण गरियो जसको अर्थ काधको आसन भन्ने बुझिन्छ उनै बोधिसत्व सर्वानिवारनाविष्कम्वीको निर्माणकाय यठी चेन्पोलाइ नै हिम्वत खण्डको प्रथम राजा मानिछ जुन १२७ इ. पु. पहिले अर्थात् आज भन्दा २१४३ वर्ष अगाडी सुरु भएको हो।

    सम्पूर्ण अ।दरनिय बैाध्द धर्मवालम्बी हामिले बुझनु पर्ने कुरा ल्हेासार जातिय बिषेश हुन्दैन ।त्यस कारण विभिन्न टिका टिप्पणी नगरैा । जुन ल्हेासार मनाए नि मनाअै। तर सम्भवत ल्हेा फेर्ने प्रकृया चहि ग्याल्पेामा मात्र हुन्छ।किनकि विधिवत रूपमा र त्यसकेा धार्मिक एैतिहासिक संग जेाडिएकेा  हुनाले ल्हेासार अ।धिकारिक र सैदान्तिक अ।धार सम्मेत रहेकेाले विभिन्न कृर्ते पात्रेाकेा भनाई अ।फुलाई बढेा महान ठन्ने र ल्हसारकेा गर्ने विना अ।धार र ति पात्रेासंग ल्हेासारका के सम्बन्ध छ हेाला?थुजिक्षे

                  लेखक नेपाल शेर्पा विधर्थि मञ्च केन्द्रिय कार्यलयकेा बारिष्ठा उपअध्यक्ष समेत  हुनुहुन्छ

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology