चिसाङ शेर्पा खोटाङ,
दिक्तेलको मुख्य बजारभित्रकै सडक अब्यवस्थित खाल्डाखुल्डी हिलाम्मे भएको भन्दै मेयरलाई सडक बनाउन सर्वसाधरणले अनुरोध गरेको छ । सदरमुकाम दिक्तेल बजारको हाटडाँडा–रत्नपार्क सडकमा पैदल यात्रा गर्नसमेत कठिन भएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयरलाई पछिल्लो समयमा औपचारिक/अनौपचारिक रुपमा सडक बनाउन अनुरोध आउन थालेको हो ।
हलेसी टाइम्स दैनिक पत्रिका र स्थानिय साईनो कला केन्द्रले गत साउन २५ गते राखेको हलेसी साईनो स्टारको समन्वयात्मक बैठकको समापनमा दिक्तेल बजार निवासी सुन व्यवसायी गीता शंकरले मौखिक रुपमै सडक बनाउन मेयरलाई आग्रह गर्नुभएको हो । हलेसी साईनो स्टारको दोश्रो पुरस्कार प्रायोजन गर्नु भएपछि बोल्न दिएको समयमा शंकरले दिक्तेल बजारको बाटोमा गम्भुट लगाएर समेत हिड्न गाह्रो भएकाले सडक बनाउन आग्रह गरेकी हुन् । पैदल यात्रा गर्नसम्म सकसपुर्ण दिक्तेल बजारको सडक बनाउन वजारवासीले अनुरोध गर्दै आएको छ ।
हाल दिक्तेलको रत्नपार्कदेखी हाटडाँडासम्म पैदल यात्रा गर्न नै सकसपुर्ण रहेको छ । बर्खाको समयमा खाल्डाखुल्डी हुनु, सडककै दायाँबायाँलाई मिचेर पसल, व्यवसायीले थुपारेका विभिन्न सामग्री तथा स्थानीयले संरचना बनाउन थुपारेका ढुंगा,ईटा, काठपात, रड, बालुवा र अव्यवस्थित सवारी साधन पार्किङले दिक्तेल बजारको सडकमा पैदल यात्रा गर्न समस्या रहेको छ । शहर कुरुप बनेको छ ।
निर्वाचित भएदेखी दिक्तेल बजारको विषयलाई लिएर आफू सबैभन्दा वढी चिन्तित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । निर्वाचितपछि पहिलो पटक बजारको डिपिआर तयार ग-र्यौ, शहरी विकास मन्त्रालयबाट सबै पास भएर गयो । उहाँले भन्नुभयो, “अन्तिममा अर्थ मन्त्रालयमा पैसाको कारणले गर्दा त्यो रोकियो । त्यसलाई फाइनल गर्न लागि परेको छु । सबैलाई बिश्वास दिलाउछु । यो आर्थिक वर्षमा दिक्तेल बजारलाई कालोपत्रे गर्ने काम प्रारम्भ गछौ ।”
दिक्तेल बजारलाई राम्रो र व्यवस्थित बनाउने आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउदै मेयर रिजालले यस बिषयमा अत्यन्तै संबेदनशिल रहेको जिकिर गरे । नगरपालिकाको सबै बजेट लगाए पनि बजारको सडक कालोपत्रे गर्न असंम्भव रहेकाले केन्द्र, प्रदेशलाई अनुरोध गर्नुपर्ने भएकाले पनि सडक बनाउन/कालोपत्रे गर्न ढिला भएको उहाँको भनाई छ । केन्द्र र प्रदेशलाई बजेटको लागि अनुरोध भने गरी रहेको जनाइएको छ
क्याप्सन : सदरमुकाम दिक्तेल बजारस्थित पुरानो वेसक्याम्पको हिलाम्मे सडक, तस्विर चिसाङ शेर्पा, २०७५ साउन २८ गते साँझ ६ : ४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology